
मेनपावरका एजेन्टले रुपैयाँ फिरता नगर्दा पिडित यूवक चिन्तित
रबिन्द्र प्रजापति, असार ०८ गते । रौतहट ।
विदेश जाने यूवक संग पैसा असुलि गर्ने ठगेरा दलाल मनिश सिंहले पैसा फिरता नगरेपछि पिडित यूवकहरुले चिन्तित बनेका छन। रौतहट सहित बारा पर्सा सर्लाहीका यूवक संग लाखौ लाख रुपैयाँ असुलि गरेको आरोप छ ।
रौतहटका यूवकहरुसंग दुबई पठाईदिन्छु भन्दै ठगी गर्ने धनुषाका मनिश सिंहले अहिले सम्म पैसा फिरता गरेको छैन । यस अखि विभिन्न मिडियाबाट समाचार प्रकाशित भएपछि सम्पर्कमा आएका सिंहले अहिले सम्म पैसा नदिएको बेरोजगार पिडित यूवाहरुले बताए ।
मेनपारलका दलाल मनिश सिंहले कटहरिया सहित परोसी जिल्लाका दर्जनौ यूवाहरुसंग सात हजार देखि २० हजार सम्म असुलि गरेको थियो । “लुटको धन फुपुको श्राद्ध” पैसाको लागी फोन गर्दा “एकछिन,आज, भोल गर्दै पिडितहरुलाई आश्वासन दिदै आएको छ ।
आफुलाई एजेन्ट ठान्ने दलाल मनिश सिंहले दिएको झुठा आश्वासनले पिडितहरु आजित्त भएका छन । पैसा दिएर फसेका यूवाहरुले पैसा दिने पक्षमा रहेको छैन अब मुद्दा दर्ता गराउने प्रक्रियामा रहेको कटहरिया नगरपालिका वडा नम्बर ५ का पिडीत अरबिन्द साहले जानकारी दिनु भयो ।
यति मात्र नभई कटहरियाका किसन साहले आफ्नो पास्पोर्ट मागे बापत एजेन्ट सिंहले तिन हजार रुपैयाँ लिएको आरोप समेत छ । यो समाचार पटक पटक प्रकाशित भईरहदा पनि सिंहले कानमा तेल राखेर गहिरो निन्दमा सुतेको जस्तो देखिएको छ ।
धनुषा जिल्लाको जनकपुर स्थित डिगम्बरपुर आफ्नो घर बताउने मनिष सिंहले काठमाण्डुको बालकुमारी स्थित महालक्ष्मी नगरपालिका वडा नम्बर ४ ईमाडोलमा रहेको सम्योग प्याथ ल्याब एण्ड क्लिनिकमा बोलाई वैदेशिक रोजगारीको नाममा ७ हजार देखि २० हजार सम्म असुलि गरेको अरोप छ ।
यस विषयमा मेनपावरका एजेन्ट सिंहलाई फोन गर्दा फोन उठेन ।