
मोटरसाइकल चोरी गरेको आरोपमा पर्सा प्रहरीद्धारा रौतहटका एक जना पक्राउ
बौधिमाई सम्वाददा, असार ०८ गते । रौतहट ।
मोटरसाइकल चोरी गरेको आरोपमा पर्सा प्रहरी रौतहटका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट जिल्लको फतुवा विजयपुर नगरपालिका वडा नम्बर ८ घर भएका २७ वर्षीय छोटेलाल सहनी रहेका छन् । पक्राउ परेका सहनी हाल बारा जिल्लाको बारागढी गाउँपालिका – ८ मा बसोबास गर्दै आएका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) किशोर लम्सालका शनिवार (हिजो) अपराह्न ५ बजेको समयमा वीरगञ्ज महानगरपालिका – ९ रानीघाटस्थित शङ्कर प्रसाद तेलीको घर अगाडि पार्किङ गरिएको मोटरसाइकल मधेस प्रदेश ०३–०३६ प ८५१७ नम्बरको २०० सिसीको कालो रातो रङ्गको एनएस मोटरसाइकल चोरी भएको घटना सार्वजनिक भएको थियो ।
डिएसपी लम्सालका अनुसार, मोटरसाइकल सार्वजनिक ढलान सडकमा पार्किङ गरिएको अवस्थामा चोरले लक तोडेर चोरी गरिएको थियो । घटनास्थलबाट करिब ४० मिटर अगाडि मोटरसाइकल डो¥याउँदै गरेको अवस्थामा प्रहरीको विशेष टोलीले सहनीलाई नियन्त्रणमा लिएको डिएसपी लम्सालको भनाई छ । प्रहरीले मोटरसाइकलसहित उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याएको छ ।
पक्राउ परेका सहनीविरुद्ध चोरीसम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई थप अनुसन्धान भइरहेको डिएसपी लम्सालले जानकारी दिए । प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको र अन्य सम्भावित संलग्न व्यक्तिहरूको खोजी कार्यलाई समेत तीव्रता दिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले पछिल्लो समय चोरी, डकैतीलगायतका अपराध नियन्त्रणका लागि विशेष निगरानी र गस्ती बढाएको छ ।
प्रहरीले नागरिकहरूलाई आफ्ना सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्न र आवश्यक सुरक्षा उपायहरू अपनाउन आग्रह गरेको छ । साथै, कुनै पनि शङ्कास्पद गतिविधि देखिएमा तत्काल नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।