रौतहटमा बस दुर्घटना हुँदा १० जना समान्य घाइते

 

रबिन्द्र प्रजापति, असार ०९ गते । रौतहट ।  
रौतहटमा बस दुर्घटना हुँदा १० जना समान्य घाईते भएको छ । जिल्लाको चन्द्रपुर नगरपालिका–२ स्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुबाहक बस पल्टिँएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक (ईन्सपेक्टर) लोकेन्द्र अधिकारीले जानकारी दिनु भयो ।

घाईते १० जनाको अवस्था समान्य रहेको निरीक्षक अधिकारीले बताए। काठमाडौँबाट भिठ्ठामोड, महोत्तरीतर्फ गइरहेको बा.प्र.०१–००६ ख ५२१६ नम्बरको बस अनियन्त्रित भई सोमबार विहान करिब ४:३० बजेको समयमा सडकबाट करिब ७ फिट दक्षिण साइडमा पल्टिएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, रौतहटका अनुसार दुर्घटनाको बेला बसमा करिब २५ जना यात्रु सवार थिए। दुर्घटनापछि बस चालक फरार रहेका छन् भने घाइते यात्रुहरूको उपचार चन्द्रपुर अस्पताल प्रा.लि.मा भइरहेको छ।

तीव्र गतिकाे कारण चालकले नियन्त्रण गुमाउँदा बस दुर्घटना भएकाे अनुमान प्रहरीले गरेकाे छ। घाइतेबाहेक १५ जना यात्रुलाई अर्काे सवारीमा चढाएर गन्तव्यतर्फ पठाइएकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ।