
चन्द्रपुर नगरपालिकाले १५ औं अधिवेशनबाट १ अर्ब २१ करोड भन्दा बढीको बजेट गरे सार्वजनिक
रबिन्द्र प्रजापति, असार ०९ गते । रौतहट ।
रौतहटको चन्द्रपुर नगरपालिकाले बजेट ल्याउदै नगर सभा सम्पन्न् गरेको छ । सोमबार चन्द्रपुर नगरपालिकाले नगरपालिकाको सभाहल्लमा १५ औं अधिवेशनबाट १ अर्ब २१ करोड भन्दा बढीको बजेट ल्याएको छ । चन्द्रनिगाहपुरद्धारा आयोजित अधिवेशनको प्रमुख अतिथि मधेश प्रदेशका पूर्व पर्यटन मन्त्री युवराज भट्टराई रहनु भएको थियो ।
आगामी आर्थिक वर्ष ०८२–०८३ का लागि नीति तथा कार्यक्रम मार्फत कुल १ अर्ब २१ करोड ५९ लाख ५१ हजार ६ सय ४० रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । नगरसभा उद्घाटन समारोहमा नगर प्रमुख सञ्जय कुमार काफ्लेले अध्यक्षता गरेका थिए भने उपप्रमुख जयमाला कुमारी चौधरी विशेष अतिथिका रूपमा सहभागी थिइन्।
उक्त अधिवेशनमा नगर प्रमुख काफ्लेले आर्थिक वर्ष २०८२÷८३ का लागि प्रस्तावित बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्दै पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी तथा सुशासनलाई प्राथमिकतामा राखिएको बताए। “विकास, समृद्धि र सामाजिक न्यायलाई सन्तुलनमा राखेर बजेट निर्माण गरिएको छ,” नगर प्रमुख काफ्लेले बताए।
उक्त नगर सभामा अन्य विशिष्ट अतिथिहरूमा दशैं वडाका वडाध्यक्ष, जनप्रतिनिधिहरू, सरोकारवालाहरू, कर्मचारी, सञ्चारकर्मी तथा सुरक्षाकर्मीहरुकोे उल्लेख्य उपस्थिति रहेको थियो।