
गौर नगरपालिकाको १६ औं नगर अधिवेशन भव्यताका साथ सम्पन्न
असार ०९ गते । रौतहट ।
गौर नगरपालिकाको १६ औं नगर अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ । गौर नगर कार्यपालिकाको कार्यालय परिसरमा सोमवार आयोजित १६ औं नगरअधिवेशनको नगरप्रमुख शम्भु साहले उदघाटन गरे ।
सभाध्यक्षको समेत भुमिका रहेका नगरप्रमुख साहले आफू निर्वाचित भएर कार्यभार सम्हालेका २०७९÷२०८० देखि लिएर २०८१÷२०८२ सम्म गरेको विकास कार्यक्रमहरु, नगरवासी संग गरेको वाचालाई पुरा गर्दै संघ सरकारबाट प्रदान हुदै आएका रकममा कटौती भएपनि नहडवडाई निर्भिकताका साथ नगरवासीको चाहना वमोजिम विकास निर्माणका कार्यहरु पुरा गरेको उनले चर्चा गरे ।
घण्टाघर, झुलुंगे पुल, कोल्डस्टोर, बाटो, नाला, स्वास्थ्य, शिक्षा, किसानहरुलाई सेवा सुविधा, भवन निर्माण, कृषिको आधुनिकीकरण लगायतका विभिन्न क्षेत्रमा उल्लेखनिय कार्य गरेर विगतका बर्षहरुमा नभएका कार्यहरु आफनो कार्यकालमा पुरा गर्न कुनै कसर बाकी नराखेको तथा आउदो दिनहरुमा अझ गौर नगरलाई समुन्नत नगरको रुपमा सर्वश्रेष्ठ बनाउने अभियानमा तपाई सम्पूर्ण नगरवासी, राजनीतिकर्मी, नागरिक समाज, संचारकर्मीहरुको साथ सहयोग रहेमा पुरा गरेर देखाउने प्रतिबद्धता समेत नगरप्रमुख साहले जनाए ।
त्यती मात्रै नभई राजर्षी जनक विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा संचालित पंडित मंगलकुमार उपाध्याय क्याम्पसको स्थापना गराएर यहाँका विद्यार्थीहरुलाई बाहिर जाने अवस्थालाई समाप्त पार्ने सुरुआत गरिएको तथा इन्जिनियरिङ क्याम्पसका लागि वडा नम्वर ८ मा जग्गा पहिचान भईसकेको हुँदा आउदो आर्थिक बर्षमा त्यसको भवन निर्माण सुरु हुने समेत बताए ।
नगरप्रमुख साहले नीति तथा कार्यक्रम प्रस्तुत गर्दैै युवा, शिक्षा तथा खेलकुद, आधारभुत स्वास्थ्य, कृषि तथा पशुपंक्षी, उद्यमशिलता विकास, रोजगार र पर्यटन, पर्यावरण, वातावरण तथा विपद व्यवस्थापन, पूर्वाधार शहरी विकास तथा भवन निर्माण, खानेपानी तथा सरसफाई, महिला बालबालिका तथा जेष्ठ नागरिक, सहकारी संघ संस्था, कानुन तथा न्याय, सार्वजनिक सेवा, सुशासन र क्षमता विकास, राजस्व तथा वित्त व्यवस्थापन सहितका गौर नगरलाई समुन्नत बनाउनमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने उद्दश्यबाट नीति तथा कार्यक्रम प्रस्तुत गरे ।
यसैगरी अगामी आर्थिक बर्ष २०८२ र २०८३ को आर्थिक बजेट प्रस्तुत गर्न उप नगरप्रमुख शैल देवीले गौर नगरको प्रवक्ता एवं वडाध्यक्ष अंर्जुन सिंहलाई जिम्मेवारी दिदा उनले ६१ करोड १५ लाख ९७ हजार २६१ रुपैयाको अनुमाती आय र त्यतीकै व्यवको प्रतिवेदन सम्मानित नगरअधिवेशन समक्ष प्रस्तुत गरेर सार्वजनिक गरे ।
नगरअधिवेशन कार्यक्रममा नगरपालिका बोर्डका सचिव एवं निमित्त प्रमुख प्रशासकीय अधिकृत सुभाष ठाकुर, वडा नम्वर १ देखि ९ सम्मका वडाध्यक्ष, वडा सदस्य, नगरपालिका वोर्ड सदस्यहरु, नागरिक समाजका अगुवा, राजनीतिकर्मीहरु, संचारकर्मीहरुको साथ उल्लेख संख्यामा गौर नगरवासीहरुको उपस्थितिमा गौर नगरले १६ औं नगर अधिवेशन सम्पन्न गरे । उक्त अधिवेशनमा वडा नम्वर ८ का वडाध्यक्ष जनारदन साह अनुपस्थित रहेको थियो । साभार: तराई टप