कटहरिया भेगको लाईन भोली अवरुद्ध रहने

रबिन्द्र प्रजापति, असार १३ गते । रौतहट ।  
भोली शनिबार कटहरिया भेगमा लाईन अवरुद्ध हुने भएको छ । मौलापुर वितरण केन्द्रले शुक्रबार एक सूचना जारी गरेर शनिबार लाईन अवरुद्ध हुने जानकारी दिएका छन।

जारी सूचनाका अनुसार कटहरिया ११ के.भि. फिडरको बुस कटिङको कार्य र कटहरिया बजारमा ACSR तार बदली ABC केवलको कार्य समेत गर्नु पर्ने भएकोले भोली बिहान ७ बजे देखि बेलुका ५ बजेसम्म लाईन अवरुद्ध रहने छ ।

मौलापुर सव स्टेसनबाट प्रशारण हुने देवाही गोणाही नगरपालिका अन्तर्गतको टिकुलिया, कर्कच, पिप्रा र कटहरिया नगरपालिकाको सम्पुर्ण लाईन बन्द रहने छ ।
उल्लेखित समय अघि काम सम्पन्न भएमा उल्लेखित समय भन्दा अगाडि पनि लाईन संचालनमा आउन सकने मौलापुर वितरण केन्द्रले जनाएको छ ।