रौतहटका सुनचाँदी व्यवसायीद्वारा गौरमा विरोध प्रदर्शन, विलासिता कर खारिज गर्न माग

रबिन्द्र प्रजापति, असार १३ गते । रौतहट । 
रौतहट सहित देश भरिका सुनचाँदी व्यवसायीले फेरि आन्दोलन शुरू गरेका छन् । रौतहटका सुनचाँदी व्यवसायीले आज शटर बन्द गरेर गौरमा प्रदर्शन गरेका छन् ।

सरकारले बजेटमार्फत सुनचाँदीका गहनामा २ प्रतिशत विलासिता कर लगाएको विरोधमा खारिज गर्न माग गर्दै रौतहटको सदरमुकाम गौरमा विरोध प्रदर्शन गरेका छन ।

सम्पूर्ण सुनचाँदी व्यवसायी तथा उपभोक्ताहरुको हक हितका लागी हामीहरु आन्दोलीत भएका छौं” चन्द्रपुर सुनचाँदी व्यवसायी संघका जिल्ला अध्यक्ष पहलाद रामुधामुले बताउनु भयो ।

‘सुनमा लगाईएको २% विलासिता कर खारेज गर, हिरा जवाहरात पत्थरमा लगाएको १३% भ्याट खारेज गर, उपभोक्ता कर्मचारी कालिगढ तथा व्यवसायीमैत्री ऐन तुरुन्त जारी गर” नारा लगाउदै सदरमुकाम गौरमा प्रदर्शन गरेको रौतहट सुन चाँदी व्यवसायी संघका जिल्ला अध्यक्ष अरुण सोनीले जानकारी दिनु भयो ।

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घ र नेपाल सुनचाँदी व्यवसायी महासङ्घको निर्देशनमा आज देश भरिका सुनचाँदी व्यवसायीले पसल बन्द गरेर विरोध प्रदर्शन गरेका छन ।

यसअघि पनि आन्दोलन गरेका सुनचाँदी व्यवसायीले असार ५ गतेदेखि स्थगित गरेका थिए । यसैबिच दुई वटै महासङ्घले आजदेखि अनिश्चितकालीन व्यवसाय बन्द गर्ने घोषणा पनि गरेका छन् ।