
गुजरामा मदन भण्डारीको ७૪ औं जन्मजयान्तीको अवसरमा बिचार गोष्ठी कार्यक्रम सम्पन्न
रबिन्द्र प्रजापति, असार १૪ गते । रौतहट ।
रौतहटमा जननेता मदन भण्डारीको ७૪ औं जन्मजयान्तीको अवसरमा बिचार गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको गुजरा नगरपालिकाको सभाहलमा नेकपा एमालेका नेता कार्यकर्ताहरुले जननेता मदन भण्डारीको ७૪ औं जन्मजयान्तीको अवसरमा बिचार गोष्ठी कार्यक्रम सम्पन्न गरेका छन ।
कार्यक्रमको प्रमुख अतिथि पार्टी पोलिटबिउरोका सदस्य अच्युत मैनाली रहनु भएको थियो भन्ने विशिष्ठ अतिथी नेकपा एमालेका केन्द्रीय सदस्य तथा रौतहट क्षेत्र नम्बर ३ का ईन्चार्ज कुन्दन कुशवाहा र मधेश प्रदेश कमिटीका उपसचिव आरती भण्डारी रहनु भएको थियो ।
सो कार्यक्रममा राष्ट्रिय गानसहित एक मिनट मौन धारण गरेर कार्यक्रमलाई अगाडी बढाइएको थियो । उक्त कार्यक्रममा सयौँ नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो । मदन भण्डारीको जन्मजयान्तीको अवसरमा एमालेका कार्यकर्ताहरुले अ(आफ्ना बिचार राखेका थिए ।
मदन भण्डारी फाउन्डेशन रौतहटको आयोजनामा उक्त कार्यक्रम गरिएको छ । शेख जमालुदिन फाउन्डेशनको उपाध्यक्षले स्वागत मन्तव्य राख्नु भएको थियो भने, मदन भण्डारी फाउन्डेशनका सचिव देवराज नेवपानेले कार्यक्रम संचालन गर्नु भएको थियो ।
उक्त कार्यक्रममा प्रदेश सांसद केशव राय, पुर्व सांसद नागेन्द्र यादव, प्रदेश कमिटी सदस्य बीरबहादुर गोले, नगर अध्यक्ष जयराम चौधरी, भुमि समस्या समाधान आयोगका जिल्ला अध्यक्ष अखिलेश चौधरी, लगाएत विभिन्न पदधिकारीसहित नेता कार्यकर्ताहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।