राष्ट्रिय धान दिवसको अवसरमा अखिल नेपाल किसान महासंघद्वारा धान रोपाइँ

रबिन्द्र प्रजापति, असार १५ गते । रौतहट ।
आज असार १५, मानो रोपेर मुरी उब्जाउने मुख्य दिन । यस दिनलाई किसानले अरू पनि विभिन्न रूपमा सम्झिन्छन् । असार १५ मा खेतमा धान रोपाइँ गरेपछि दही चिउरा खाने चलन पनि छ ।

अखिल नेपाल किसान महासंघले आज २२ औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव गरेका छन । अखिल नेपाल किसान महासंघ जिल्ला कमिटी रौतहटको आयोजनामा आईतबार रौतहटको कटहरिया नगरपालिका वडा नम्बर २ जमुनियामा २२ औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव गरेका छन ।

“ सम्पूर्ण किसान एकजुट हौं धान बालीमा सघनता, खाद्य सुरक्षा र आत्मनिर्भरता” भन्ने मूल नाराका साथ २२औं राष्ट्रिय धान दिवस २०८२ को अवसरमा विशेष धान रोपाइँ कार्यक्रम जमुनियामा भव्य रूपमा सम्पन्न भएको नेकपा एमालेका केन्द्रीय सदस्य कुन्दन कुशवाहाले जानकारी दिनु भयो ।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा रौतहट क्षेत्र नम्बर ३ का ईन्चार्ज कुन्दन कुशवाहा प्रदेश सांसद केशव रायसहित अखिल नेपाल किसान महासंघ जिल्ला कमिटी रौतहटका कार्यकर्ता लगायत एमालेका नेता कार्यकर्ताहरुले जमुनियामा धान रोपाई गरेर यस वर्षको राष्ट्रिय धान दिवस मनाइएको छ ।

राष्ट्रिय धान दिवस हरेक वर्ष असार १५ गते देशभर विभिन्न कार्यक्रमका साथ मनाइन्छ। किसानहरूका लागि प्रेरणा दिने यस्ता कार्यक्रमले कृषि क्षेत्रको समृद्धिमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा लिइएको छ।

कृषिमा परनिर्भरता बढ्दै गएका कारण उत्पादकत्व बढाउने उद्देश्यले नेपालमा २०६१ देखि असार १५ मा नै राष्ट्रिय धान दिवस मनाउन थालिएको छ । यस वर्ष २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै छ । असार १५ गते धान दिवस तथा रोपाइँ महोत्सवको मुख्य कार्यक्रम देशको विभिन्न स्थानमा गरिएको छ ।