गौरस्थित सोबर्नामाईको प्राङ्गणमा आइतबार बिहान धान रोपाइँ कार्यक्रम सम्पन्न

प्रकाश श्रेष्ठ, रौतहट । असार १५ गते ।  
नेपाल किसान महासंघ रौतहट जिल्ला कार्य समितिको आयोजनामा सम्पन्न धान रोपाई कार्यक्रमलाई सम्बोधन गर्दै मधेस प्रदेशका अर्थमन्त्री सुनिल कुमार यादव “जितेन्द्र”ले किसानको उन्नति, प्रगति र पीरमर्का हटाउन आवश्यक बजेट व्यवस्थापनमा प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

“कार्यक्रम आफ्नो देशको उत्पादन हाम्रो शान ! कृषिमा उन्नति हाम्रो अभियान” भन्ने नारासहित नेपाली कांग्रेस नगर कार्य समिति गौरको समन्वयमा गौर–४, सोबर्नामाईको प्राङ्गणमा आइतबार बिहान कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस मधेस प्रदेश सभापति तथा पूर्व मन्त्री कृष्ण प्रसाद यादव थिए। विशिष्ट अतिथिका रूपमा मधेस सरकारका अर्थमन्त्री यादवसहित प्रदेश सांसद नागेन्द्र साहको उपस्थिति रहेको थियो ।

कार्यक्रममा कृषकको जीवनस्तर सुधार्न बीउ, मल, सिँचाइ सुविधा तथा आधुनिक प्रविधिको पहुँच बढाउने कुरामा जोड दिइयो। प्रमुख अतिथि कृष्ण प्रसाद यादवले कृषिमा दीर्घकालीन सोचका साथ अघि बढ्नुपर्नेमा बल दिएका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला तथा नगर तहका नेताहरू, कार्यकर्ता, सञ्चारकर्मी, सुरक्षाकर्मी र स्थानीय कृषकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।