
रौतहटको कटहरियामा सर्पको डसाइबाट महिलाको मृत्यु
रबिन्द्र प्रजापति, असार १५ गते । रौतहट ।
रौतहटमा सर्पको डसाइबाट एक जना महिलाको मृत्यु भएको छ । जिल्लाको कटहरिया नगरपालिका वडा नम्बर ५ कटहरिया पानी टंकी टोलमा सर्पले टोक्दा एक महिलाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख वरिष्ठ सई विनोध राना मगरले दिएको जानाकरी अनुसार मृत्यु हुनेमा कटहरिया नगरपालिका वडा नम्बर ५ बस्ने शिवशंकर साह सोनारको बुहारी तथा अनिल साहको श्रीमती अं. २५ वर्षकी रिंकु देवीलाई सर्पले डसेपछि ज्यान गएको छ ।
उनी आज बिहान घर अगाडी बाटोमा राखेको माटो निकाल्ने प्रयास गर्दा बिषालु प्रजातिको सर्पले टोकेपछि घाईते भएको थियो । उपचारका लागी प्रादेशिक अस्पातल गौरमा पुर्याइएपछि चिकित्सकले मृत घोषणा गरेको वरिष्ठ सई मगरले जानाकरी दिनु भयो ।
कुन सर्पले डसेको हो प्रजाति पहिचान नभएको जनाइएको छ । गर्मी मौसमसँगै जिल्लामा सर्पदंशका घटना बढ्न थालेका छन् ।