
तिन दिन देखि कटहरियाका सुनचाँदी पसलहरु बन्द
रबिन्द्र प्रजापति, असार १५ गते । रौतहट ।
सुनचाँदी ब्यबसायीहरु आज तेस्रो दिन पनि सुनचाँदी पसल बन्द राखेका छन । सरकारले सुनचाँदी व्यवसायीहरूमाथि विभिन्न बहानामा दमन गर्दै आइरहेकाले व्यवसायीहरू आन्दोलनमा उत्रिएको रौतहट सुनचाँदी व्यवसायी संघले जानकारी दिए ।
नेपाल सुनचाँदी ब्यबसायी र नेपाल सुनचाँदी रत्न आभूषण व्यवसाय संघ सयुक्त महासंघ को अनिश्चितकालीन बन्दको आज तेस्रो दिन पनि रौतहट जिल्लाको चर्चित बजार कटहरियाको सम्पुर्ण सुनचाँदी पसल बन्द रहेको नेपाल सुनचाँनी व्यवसायी महासंघका केन्द्रीय सदस्य कामेश्वर नाथ प्रसाद साहले जानकारी दिए ।
‘सुनमा लगाईएको २% विलासिता कर खारेज गर्न, हिरा जवाहरात पत्थरमा लगाएको १३% भ्याट खारेज गर्न र उपभोक्ता कर्मचारी कालिगढ तथा व्यवसायीमैत्री ऐन तुरुन्त जारी गर्न माग सहित अनिश्चितकालीन सुनचाँदी पसल बन्द गरेर विरोधमा उत्रेको नेपाल सुन चाँनी रत्न आभुषन व्यवसायी संघ रौतहटका महासचिव रामबरण कुमार सोनीले जानकारी दिनु भयो ।
सुनचाँदी पसल बन्द हुँदा उपभोक्ताहरु मारमा परेका छन। सम्पूर्ण सुनचाँदी व्यवसायी तथा उपभोक्ताहरुको हक हितका लागी आन्दोलन जारी रहेको उनले बताए । गत १३ गते शुक्रबारका दिन रौतहटका सुनचाँदी व्यवसायीले शटर बन्द गरेर गौरमा प्रदर्शन गरेको थियो । सरकारले बजेटमार्फत सुनचाँदीका गहनामा २ प्रतिशत विलासिता कर लगाएको विरोधमा खारेजिको माग गर्दै रौतहटको सदरमुकाम गौरमा विरोध प्रदर्शन गरेको थियो ।