
श्रीमतीलाई हत्या गरेर तीन वर्षदेखि फरार रहँदै आएका श्रीमान पक्राउ
रबिन्द्र प्रजापति, असार १६ गते । रौतहट ।
श्रीमतीलाई हत्या गरेर तीन वर्षदेखि फरार रहँदै आएका एक व्यक्तिलाई रौतहट प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहट ईशनाथ नगरपालिका वडा नम्बर ४ मठिया टोल फैयाद मिया मन्सुरी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
प्रहरीका अनुसार २०७८ साल माघ २६ गते बिहान गहुँको खेतमा मृत फेला परेकी चाँदनी खातुनको हत्या अभियोगमा मन्सुरीलाई तीन वर्ष पछि पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको प्रेस नोटअनुसार चाँदनी खातुनको शव घाँटीमा सलले बेरेर र मुखमा सल कोचेर हत्या गरिएको अवस्थामा भेटिएको थियो।
घटनापछि फरार रहेका मन्सुरीलाई असार १३ गते शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी डिएसपी दिपक कुमार रायले जानकारि दिनु भयो ।
डिएसपी रायले रौतहट जिल्ला अदालतबाट म्याद लिएर थप अनुसन्धान भईरहेको जानकारी दिए ।
