
विषादीयुक्त आँप रौतहटको बजारमा छ्याप्छ्याप्ती
रबिन्द्र प्रजापति, असार १६ गते, रौतहट ।
रौतहटका बजारमा विषादीयुक्त आँप छ्याप्छ्याप्ती भएको छ । रौतहटका बजारहरुमा स्वास्थ्यका दृष्टिकोणले हानिकारक मानिने कार्बाइड प्रयोग गरेर पकाइएको ऑप विक्री वितरण भइरहेको छ। स्थानीय किसानहरुको बगैचामा फलेको ऑप असारको तेस्रो सातापछि मात्र पाक्ने भएपछि व्यापारीहरुले कार्बाइड पयोग गरेर पकाइएको ऑप रौतहटको बजारमा विक्री वितरण भईरहेको छ ।
भारत तथा नेपालका विभिन्न स्थानमा रहेका फलफूलका गोदाममा कार्बाइड प्रयोग गरी पकाएका ऑपहरु जिल्लाको सदरमुकाम गौर, कटरिया, गरुडा, समनपुर, चन्द्रपुरलगायतका बजारका साथै गाउँगाउँमा समेत विक्री वितरण भइरहेको स्थानीयवासी राजु साह कानुले वताउनुभयो ।
विषादी हालेर पकाइको ऑपका कारण स्वास्थ्यमा जोखिम बढेको कटहरिया नगरपालिका वडा नम्बर ५ बस्ने दिनानाथ साह कलवारले बताउनुभयो । उहाँका अनुसार विपादी हालेर पकाइएको ऑप खांदा बालबालिकाको स्वास्थमा असर पर्ने र झाडापखाला तथा बान्ताको समेत जोखिम रहेको कलवारले बताए।
यसरी विभिन्न विषादी प्रयोग गरेर पकाइएको ऑप स्वास्थ्यका लागि हानिकारक हुने भएकाले खान नहुने भाग्यनेमी हेल्थ केयर होस्पिटल प्रा.लि.विर्ताका प्रमुख एमबीबीएस डाक्टर संतोष यादवले वताउनुभयो। कार्बाइड प्रयोग गरिएको ऑप खांदा छालाको रोग, पेट दुख्ने, वान्ता हनेलगायत स्वास्थ्य समस्या हने भएकाले यस्तो ऑप नखान डा यादवले सुझाव दिनुभयो ।
भारतवाट व्यापारीले भन्सार तिरेर रसायनयुक्त ऑप आयात गरिरहंदा पनि स्थानीय प्रशासन भने मौन छ। केहि व्यापारीहरुले राजश्व बुझाएर आँप आयात गरीरहेका छन् भने देखी केंहि वाहेककाले भन्सार राजश्व छलेर पनि जिल्लाको विभिन्न नाकाहुँदै ठूलो परिमाणमा आंँप नेपाल भित्रिने गरेको छ।