
रौतहटको शितलपुरमा करेन्ट लाग्दा एक यूवकको ज्यान गयो
रबिन्द्र प्रजापति, असार १९ गते । रौतहट ।
रौतहटमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । जिल्लाको फतुवा विजयपुर नगरपालिका वडा नम्बर २ शितलपुर निवासी ज्ञानी साहको छोरा अं. ३० वर्षीय रोहित साह सोनारलाई करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
करेन्ट लागेर घाईते भएको सोनारको उपचारको क्रममा बाराको कलैयास्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय सन्तपुर दोस्तियाका सई गजेन्द्र कुमार जनाएको छ । उनलाई विहीबार बिहान करिब सावा सात बजेको समयमा करेन्ट लागेको थियो ।
उपचारको क्रममा बिहान ८ बजे मृत्यु भएको सई गजेन्द्र कुमारले जनाए । सोनार आफ्नै खेतमा सिँचाइका लागि मोटरबाट पानी हाल्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए।
घटनाबारे जानकारी पाएसँगै इलाका प्रहरी कार्यालय सन्तपुर दोस्तियाबाट सई गजेन्द्र कुमारको नेतृत्वमा तीन जनाको टोली खटिएको थियो। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
यसै बिच आम जनता पार्टीका अध्यक्ष तथा पुर्व मन्त्री प्रभु साहले मृतकप्रति भावपुर्ण श्रद्धांजलि एवं शोकाकुल परिवारजनमा गहिरो संवेदना व्यक्त गर्दै विद्युत प्राधिकरणको लापरवाहीले भएको यस दुःखद घटनाको दोषीलाई कानुन बमोजिम कारबाही सहित पीड़ित परिवारलाई उचित क्षतिपूर्तिको माग गरेका छन ।