गरुडाका मेयर जैसवालको नेतृत्वमा नि:शुल्क साईकल वितरण

रबिन्द्र प्रजापति, असार १९ गते । रौतहट । 

रौतहटको गरुडा नगरपालिकाले एक विद्यालयका २२ जना छात्रालाई साईकल वितरण गरेका छन । नगर प्रमुख कन्थमणी प्रसाद जैसवालको नेतृत्वमा विहीबार साईकल वितरण कार्यक्रमका बिच २२ जनालाई साईकल वितरण गरेको छ ।

नगर प्रमुख जैसवालका अनुसार गरुडा नगरपालिका वडा नम्बर ४ मा रहेको श्री नमुना माध्यमिक विद्यालय गरुडाका छात्रालाई साईकल वितरण गरिएको छ । कक्षा ८ मा अध्ययनरत २२ जना गरिब, विपन्न तथा जेहेन्दार छात्राहरूलाई निःशुल्क साईकल वितरण गरिएको नगर प्रमख जैसवालले जानाकरी दिए ।

दैनिक विद्यालय आवतजावत गर्न कठिनाइ भोगिरहेका विद्यार्थीहरूको शैक्षिक यात्रा सहज बनाउन उद्देश्यले साईकल वितरण गरिएको विकाश प्रेमी मेयर जैसवालले जनाए।उनीहरूमा उत्साह, आत्मविश्वास र नियमितता कायम गर्न साईकल वितरण कार्यक्रम अत्यन्तै महत्वपूर्ण रहेको समेत उनले बताउनु भयो ।

“शिक्षामा सबैको पहुँच, गुणस्तरीय वातावरण र समान अवसर सुनिश्चित गर्नु गरुडा नगरपालिकाको दायित्व हो र त्यसतर्फ हामी दृढप्रतिज्ञ छौं ‘नगर प्रमुख कन्थमणी प्रसाद जैसवालले भने”