आगामी २३ गते लाग्ने दाहा मेला सौहार्दपूर्ण तरिकाले मनाउन सई मगरको आग्रह

रबिन्द्र प्रजापति, असार २० गते । रौतहट ।  

आगामी २३ गते लाग्ने दाहा मेला सौहार्दपूर्ण तरिकाले मनाउन ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख वरिष्ट सई विनोध राना मगरले आग्रह गरेका छन । शुक्रबार ईलाका प्रहरी कार्यालय कटहरियामा बसेको सर्वदलीय बैठकमा स्थानीय मुस्लिम समुदायका अगुवा, कटहरिया नगरपालिकाका मेयर प्रत्याशी नसरुदिन अंसारी,स्थानीय भद्रभलादमी, बुद्धिजिविसहित पत्रकारको उपस्थितिमा दाहा मेला सौहार्दपूर्ण तरिकाले मनाउन सई मगरले आग्रह गरेका छन ।

मुस्लिम धर्मावलम्बीको पर्व मोहर्रम अन्तर्गत असार २३ गते हुने ‘ताजिया’ अर्थात ‘दाहा’ जुलुस कार्यक्रमलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख वरिष्ठ सई मगरले सुझाव समेत दिएका छन ।

छलफल कार्यक्रमलाई मर्यादित, व्यवस्थित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने निर्णय गरिएको छ । छलफलमा ताजिया ¥याली निकाल्दा डिजे, हातहतियार वा उकास्ने खालका सामग्री प्रयोग गर्न नपाइने भएकोले सौहार्दपूर्ण तरिकाले मनाउन सुझाव दिनु भयो ।

यस्तै सम्पूर्ण सुरक्षा व्यवस्था प्रहरी प्रशासनमार्फत गरिने उल्लेख गरिएको छ । बैठकले कार्यक्रमलाई सफल बनाउन सबै पक्षसँग सहयोगको आग्रह गरेको छ ।