प्रेस स्वतन्त्रतामाथि आक्रमण, महोत्तरीको पूर्वाधार कार्यालयमा पत्रकार साहमाथि दुव्र्यवहार
रबिन्द्र प्रजापति, असार २४ गते । रौतहट ।
समाचार संकलन गर्न पुगेका पत्रकार दिवाकर साहमाथी दुव्र्यवहार भएको छ । महोत्तरीको जलेश्वरस्थित पूर्वाधार विकास कार्यालय परिसरमा प्रहरीबाट अनुमति लिएर गएका एचटिपी खबरका संचालक एवं पत्रकार दिवाकर साहमाथि आक्रमण र दुव्र्यवहार भएको छ ।
रातीको समयमा कमिसनको चलखेल भईरहेको सुचना आएपछि पत्रकार साहले महोत्तरीका प्रमुख जिल्ला अधिकार सहित एसपीसंग अनुमति लिएर गएपछि पूर्वाधार विकास कार्यालयको पोल खुल्न थालेपछि वहाको क्यमरा खोसेको थियो ।
पत्रकार साहले सुरक्षित महसुस नगरेपछि आफ््नो ज्यान जोगाउका लागी फेसबुकमा प्रत्यक्ष प्रसारण गरेको थियो । पूर्वाधार विकास कार्यालयमा प्रवेश गर्नु अधि सुरक्षा दिन पुगेका सई संगपनि प्रवेश गर्न अनुमति लिएको भिडियोमा प्रत्यक्ष देखिन्छ ।
पत्रकार साहमाथी आक्रमण र दुव्र्यवहार हुन थालेपछि सुरक्षा दिन पुगेका प्रहरीहरुले सुरक्षा दिनुको सट्टा भ्रष्टचारीहरुलाई संरक्षण गरेको आरोप छ ।
राति करिब १ बजेको समयमा सरकारी कार्यालयमा असार मसान्तको अवसर पारेर अनैतिक लेनदेन र सार्वजनिक कोष दुरुपयोग भइरहेको भन्ने सूचनाका आधारमा समाचार संकलन गर्न पुगेका पत्रकार साहमाथि कार्यालय परिसरमै उपस्थित केही व्यक्तिहरूले दुव्र्यवहार र हातपात गरेका थिए।
पूर्वाधार विकास कार्यालयको प्रमुखले फेला नपरेपनि उनको कार्यालयबाट बियरको बोतल फेला समेत परेको थियो । उक्त कार्यालयमा उपस्थित रहेको सम्पूर्ण कर्मचारीले मदिरा सेवन गरेर मातेको थियो।
महोत्तरीमा पुर्वाधार कार्यालयमा ज्ञान दिन गएकि महिला पत्रकार उपासना तिवारी जो राति रिपोर्टिङ गर्न पुगेका हिमायती ,साहसी पत्रकार साहलाई सम्झाउन दिन पुगेकी थिईन । आफुलाई संचालकर्मी बताउने उपासना तिवारीले पत्रकार साहलाईनै पि र आरको बारेमा सिकाउनका र ज्ञान दिन पुगेकी थिईन् ।
यसैबिच पत्रकार दिवाकर साहमाथि भएको आक्रमण र दुव्र्यवहारप्रति मधेश प्रदेश मिडिया काउन्सिल र नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले गम्भीर ध्यानाकर्षण जनाएको छ।
पत्रकार साहले प्रयोग गर्दै आएका समाचार संकलन उपकरण खोसिएको र सहयोगीमाथि समेत हातपात भएको बताइएको छ। मधेश प्रदेश मिडिया काउन्सिलले पत्रकारमाथिको आक्रमणलाई प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र संवैधानिक अधिकारमाथिको गम्भीर आघातको रूपमा लिँदै दोषीमाथि तत्काल कानुनी कारबाही गर्न माग गरेको छ।
काउन्सिलको भनाइमा, पत्रकारले गल्ती गरे कानुनी प्रक्रिया अवलम्बन गर्ने वैधानिक बाटो खुला छ, तर शारीरिक दुव्र्यवहार र समाचार संकलनमा अवरोध गर्नु निन्दनीय छ। यस्तै, नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पनि घटनालाई प्रेस स्वतन्त्रतामाथिको खुला हस्तक्षेप भन्दै कडा शब्दमा भत्र्सना गरेको छ। महासंघले पत्रकार साहमाथि दुव्र्यवहार गर्ने व्यक्तिहरूलाई छिटोभन्दा छिटो कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग जोडदार माग राखेको छ।