रौतहटकको माधोपुर गाउमा एक घरमा आगलागि हुँदा ८ लाखको क्षति

रौतहट, २७ मंसिर । रौतहटको माधवनारायण नगरपालिकाको माधोपुर गाउँमा शुक्रवार मध्य राति एक घरमा आगलागी हुादा करिव ८ लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ ।
माधवनारायण नगरपालिका–६ माधोपुर गाउँका भोजेन्द्र राय यादवको खरको छानो भएको घरमा विद्युत सर्ट भएर गएराति ११.५० बजेको समयमा आगलागि भएका थिए ।
आगलागिबाट यादवको घरमा रहेका धान, गहुँ, गरगहना, फर्निचर लत्ता कपडा नगद डेढ लाख सहित ८ लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएका छन् ।
आगलागि भएको सूचना पाउना साथ प्रहरी चौकी माधोपुरबाट खटिएका प्रहरी सहित स्थानीय बासिन्दाहरुको मद्दतबाट करिव १ घण्टामा आगो माथि नियन्त्रण पाउन सकेको बताउदै जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं डिएसपी विष्णुप्रदीप वस्यालले आगलागिबाट घर पूर्ण रुपमा जलेर नष्ट भएपनि मानविय एवं पशु चौपायाको क्षति नभएको बताए ।
घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको उलने जानकारी दिए ।