
सर्लाही, २९ मंसिर । सर्लाहीमा अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीले गाँजा फडानी अभियानको थालनी गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय लालबन्दी र सशस्त्र प्रहरी सुरक्षा वेस हरिवनबाट खटिएका गरी संयुक्त टोलीले लालबन्दी नगरपालिका–१४ माईस्थान लगायतका चुरे क्षेत्रमा लगाइएका करिव ४० विगहा जग्गाको गाँजा खेतीलाई फडानी गरेर नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएका हुन् ।
४० विगहा जग्गामा अबैध रुपमा लगाइएको करिव दुई लाख गाँजाको बोट फडानी गरेर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं डिएसपी सरोज राईले जानकारी दिए ।
यस अघि संयुक्त टोलीले इश्वरपुर नगरपालिका अन्तर्गत पर्ने चुरेक्षेत्रमा करिव साढे तीन विगहा जग्गामा लगाइएको गाँजा नष्ट गरिएका थिए । चुरेको फेदीमा व्यवसायीक रुपमा गरिदै आएका गाँजा खेतीलाई नष्ट गर्ने अभियानमा अहिले सर्लाही प्रहरी लागेको बताइएका छन् ।
स्मरणीय छ कि, यस्तो अभियान अहिले मात्रै किन ? भनेर प्रश्न उठ्नु स्वभाविकै हो । किन भने गाँजाको व्यवसाय गर्नेहरु संग सेटिंग नभएको उक्त फडानी भईरहेको श्रोतको दाबी छ । चुरे क्षेत्रमा हुने यस्ता व्यवसायीक गाँजा खेतीका लागि व्यापारीहरु पहिला नै लगानी गर्ने गरेको भएपनि तयारी अवस्थामा पुग्दा सेटिंग नभएपछि फडानी कार्य हुने गरेको ति श्रोतले बताउँछन् ।