
सर्लाही, १६ भदौं । सर्लाहीको बलरा नगरपालिका–४ स्थित श्रीराम सखिमोहित सिंह जनता उच्च माध्यमिक विद्यालयमा सोमवार दिउसो प्रधानाध्यपक माथि छात्रछात्राहरु आक्रमण गरेर कुटपिट तथा दुव्र्यवहार गर्ने कार्यलाई लिएर समाजिक संजाल तातिएका छन् ।
विद्यालयमा सरसफाइको विषयलाई लिएर प्रधानाध्यपक विरेन्द्र झाले एक छात्रामाथि अश्लील गालीगलौज गरेको विषयलाई लिएर उक्त घटना भएको मुख्य कारण बताइएका हुन् ।
तर विद्यालय परिसरमा यस प्रकारको अनुशासनहिता कार्य हुनुको पछाडी कतै राजनीतिक कारण होइन विषयमा गहन छानविन गरी यथार्थ कुरा बाहिर ल्याउन बलरा नगरपालिका माथि चुनौती थपिएको छ ।
घटनाबारे निष्पक्ष छानबिन हुनुपर्ने माग उठिरहेका बेला प्रधानाध्यापक झा सहित विद्यालयमा कार्यरत शिक्षक–शिक्षिका तथा प्रअको आफन्तमाथि विद्यार्थी र बाह्य व्यक्तिहरूको समूहले कुटपिट गरेको आरोप समेत सार्वजनिक भएको विषय अति नै चिन्तनिय रहेको बताइएको छ । घटनालाई नियन्त्रणमा लिन पुगेका प्रहरीमाथि समेत कुटपिट भएको बताइएको छ ।
छात्रामाथि वास्तवमै अमर्यादित व्यवहार र कुटपिट भएको पुष्टि भएमा शिक्षक जस्तो जिम्मेवार व्यक्तिबाट विद्यार्थीमाथि भएको त्यस्तो व्यवहार कुनै पनि अवस्थामा स्वीकार्य हुन सक्दैन । तर, घटनाको वास्तविकता र दोषी–निर्दोष नछुट्याई भीड जम्मा गरेर शिक्षक तथा अन्य व्यक्तिमाथि कुटपिट गर्नु पनि कानुन सम्मत हुन सक्दैनन स्थानीयहरुले तराई टप लाई बताए ।
कुनैपनि मासिनलाई दोषी ठहर गर्ने अधिकार भीडलाई होइन, कानुनी निकायलाई हुन्छ । त्यसैले घटनाको सत्यतथ्य पत्ता लगाउन निष्पक्ष र पारदर्शी छानबिन गर्न अति आवश्यक छ । छानबिनबाट दोषी देखिने जुनसुकै पक्षलाई पनि कानुन बमोजिम कडा कारबाही र निर्दोषलाई न्याय सुनिश्चित गर्ने तर्फ बलरा नगरपालिका र सर्लाही प्रशासनको प्रमुख जिम्मेवारी रहेको स्थानीय प्रतिक्षदर्शीहरुले बताए ।
विद्यालयलाई शिक्षा, अनुशासन र मर्यादा सिकाउने स्थानका रूपमा हेरिन्छ । शिक्षकले विद्यार्थी प्रति सम्मानजनक व्यवहार गर्नुपर्छ भने विद्यार्थीले पनि शिक्षक प्रति मर्यादा कायम राख्नुपर्छ । दुवै पक्षबाट कानुन र मर्यादाको सीमा उल्लंघन हुँदा त्यसले विद्यालयको वातावरण मात्र होइन, समाजमा समेत गलत सन्देश प्रवाह गर्छ उक्त विद्यालयका अध्ययन गरिसकेका पूर्व विद्यार्थी समाजको कथन छ ।
न्याय आवश्यक छ, तर भीडको न्याय होइन—कानुनको न्याय ? घटनाको निष्पक्ष छानबिन गरी वास्तविक दोषीमाथि कारबाही र निर्दोषको संरक्षण गर्नु नै अहिलेको मुख्य आवश्यकता छ ।
प्रधानाध्यापक झामाथि भएको कुटपिटको घटनाप्रति बलरा नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ । नगरप्रमुख रमाशंकर कुशवाहाले सामाजिक सञ्जाल मार्फत घटनाको वास्तविकता पत्ता लगाउन नगर शिक्षा समितिको नेतृत्वमा छानबिन टोली गठन गर्ने बताए ।
नगरप्रमुख कुशवाहाले विद्यालय शान्ति क्षेत्र भएकाले कुनै पनि पक्षबाट विद्यालयको शैक्षिक वातावरण र शान्ति–सुरक्षामा असर पर्ने गतिविधि नगर्न आग्रह गरे ।
यस विषयमा उक्त विद्यालयको प्रअ झा संग बुझ्न खोज्दा उनी संग सम्पर्क हुन सकेनन ।
