उपाधिकाे संघारमा दिल्ली, के इतिहास बदल्ला?

क्रिकेटमा एउटा भनाई छ– भाग्यले साथ दियो भने सफलताका लागि बन्द ढोका पनि खुल्छन्। यूएईमा जारी १३औं संस्करणको आईपीएलमा दिल्ली क्याटिल्सको पनि यस्तै भयो।

दिल्लीलाई भाग्यले साथ दियो र प्लअ‍ेफको दोस्रो क्वालिफायरमा सनराइजर्स हैदरावादलाई हराउँदै आईपीएल इतिहासमा पहिलो पटक फाइनल प्रवेश गरेको छ। हैदरावादविरुद्धको खेलमा टस जित्नु, धवन र स्टोइनिसको क्याच छुट्नु र विपक्षी टिमका प्रमुख खेलाडी घाइते हुनु दिल्लीलाई भाग्यकै साथ थियो।

आइतबार दिल्लीलाई भाग्यले यस्तो साथ दियो कि आईपीएलका पछिल्ला ६ मध्ये पाँच खेल हारेको दिल्ली फाइलन पुग्यो। यो सफलतासँगै दिल्लीले इतिहास बनाएको छ र पहिलो उपाधिका लागि भिड्दै छ। दिल्लीको पहिलो आईपीएल फाइनल यात्रामा टिमको आक्रामक रणनीतिसँगै भाग्यको साथको ठूलो भूमिका छ।

16 Push 077 final

आईपीएलको दोस्रो क्वालिफायरमा दिल्लीलाई चुनौती दिइरहेको हैदरावादले यसअघिका चार खेल लगातार जित्दै प्लेअफमा स्थान बनाएको थियो। र क्वालिफायरमा हैदरावादलाई नै फेभरेट मानिएको थियो। लिग चरणमा पनि हैदारावादले दिल्लीलाई दुवै पटक हराएकाले पनि क्वालिफायरमा हैदरावाद नै बलियो थियो।

हारेका दुवै खेलमा दिल्लीले लक्ष्य पछ्याएको थियो। तर, क्वालिफायरमा दिल्लीका कप्तान श्रेयस ऐयरलाई भाग्यले साथ दियो र उनले टस जितेर ओसिलो पिचमा पहिला ब्याटिङ गर्ने चुनौतिपूर्ण निर्णय लिए।