रौतहटमा सवारी ज्यान मुद्दाका एक फरार अभियुक्त पक्राउ

रौतहटको कटहरियाबाट सवारी ज्यान मुद्दाका एक फरार अभियुक्त आज पक्राउ परेको छ ।

इलाका प्रहरी कार्यालय गरुडा मातहतको इलाका प्रहरी कार्यालय कटहरियाबाट खटिएको प्रहरी गस्ति टोलीले सवारी ज्यान मुद्दाका फरार अभियुक्त कटहरिया ३ हाल कटहरिया नगरपालिका ४ बस्ने शेख मोकदम देवानलाई पक्राउ गरेको हो ।

16 Push 077 final

सवारी ज्यान मुद्दामा सम्मानित जिल्ला अदालत रौतहट गौरको लगत नं. ३५२ अनुसार २ हजार रुपैया र २ बर्ष कैद फैसला भएका देवान विगत केहिदिन देखी फरार रहेदै आएका थिए ।

सवारी ज्यान मुद्दामा फरार रहेका कटहरिया नगरपालिका ४ का सुवदार देवानको करिव ३० वर्षिय छोरा देवानलाई आफनै घरमा लुकिछिपि बसेको अवस्थामा आज विहान इलाका प्रहरी कार्यालय कटहरियाको टोलीले विशेष सुचनाको आधारमा पक्राउ गरेको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक डिएसपी रवि रावलले जानकारी दिनुभएको छ ।