नेपाली कांग्रेस रौतहटमा भोली देखि वडा अधिवेशनमा जानेः विस्तारित बैठकबाट यस्तो भयो निर्णय

रौतहट, ३ असोज । नेपाली कांग्रेस रौतहटले भोलि आइतबार देखि वडा अधिवेशनको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।
जिल्ला सभापति सुनिलकुमार यादवको अध्यक्षतामा गरुडाको ए एन प्लाजा होटलमा सम्पन्न जिल्ला कार्यसमितिको विस्तारित बैठकले वडा तहको अधिवेशन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।
बैठकमा नेपाली कांग्रेस मधेश प्रदेशका सभापति एवं मुख्यमन्त्री कृष्णप्रसाद यादवको प्रमुख उपस्थिति रहेको थियो । जिल्ला कार्य समिति देखि विभिन्न तहका पदाधिकारी तथा नेताहरूको सहभागितामा विस्तारित बैठक सम्पन्न भएको जिल्ला कार्यसमितिले जनाए ।
बैठकमा पार्टीको संगठनलाई वडा तहसम्म थप व्यवस्थित र सक्रिय बनाउने विषयमा छलफल गर्दै निर्धारित प्रक्रिया अनुसार वडा अधिवेशन अघि बढाउने निर्णय गरिएको छ ।
वडा अधिवेशन मार्फत स्थानीय तहमा पार्टीको संगठनात्मक गतिविधिलाई थप गतिशील बनाउने तथा पार्टीका कार्यकर्ता र नेतृत्वबीचको समन्वय मजबुत बनाउने उद्देश्य रहेको नेताहरूले बताए ।
पार्टीको १५ औं राष्ट्रिय महाधिवेशनलाई भव्य रुपमा सफल बनाउन वडा, पालिका, क्षेत्रिय, जिल्ला समितिको अधिवेशन गरेर पार्टीलाई संगठनात्मक रुपमा बलियो बनाउदै अघि बढ्ने कांग्रेस रौतहटले जनाए ।