गुजरा र कटहरीयाको क्याम्पस बिचको खेलमा कटहरिया तिन विकेटले विजय

रबिन्द्र प्रजापति, बैशाख २४ गते । रौतहट ।
नेपाली काङ्ग्रेस विद्यार्थी विभाग रौतहटद्वारा आयोजित जय नेपाल कप रौतहट जिल्ला अन्तर कलेज टी २० क्रिकेट प्रतियोगिता अन्तर्गत चन्द्रपुर ८ बेतौना स्थित कोटिहोम क्रिकेट मैदानमा सम्पन्न दोश्रो दिनको दोस्रो खेलमा कटहरिया बहुमुखी क्याम्पस कटहरियाले विजय भएको छ ।

सुरत राम केवल बहुमुखी क्याम्पस गुजरा र कटहरीया बहुमुखी क्याम्पस कटहरिया बिचमा सम्पन्न भएको छ । टस गुमाएर ब्याटिङमा उत्रेको सुरत राम केवल बहुमुखी क्याम्पस गुजराले निर्धारित २० ओभरको खेलमा १९।१ ओभरमा कुल ११४ रनको योगफल तयार पारेको थियोे

भने ११५ रनको लक्ष्य पछ्याउन जवाफी ब्याटिङमा उत्रेको कटहरिया बहुमुखी क्याम्पस कटहरियाले ७ विकेटका क्षेतिमा १८ ओभरमा लक्ष्य पूरा गर्दै ३ विकेटले विजयी भएको छ। दोस्रो खेलको प्लेयर अफ द म्याच कटहरिया बहुमुखी क्याम्पसका मुस्ताक अन्सारी भएको छन् । उनले ५१ बलमा ५ चौका सहित ४२ रन बनाएका थिए।