गरुडाको मेयरद्धारा पक्की सडक निर्माणको शिलान्यास, निर्माण भइरहेको मन्दिरको निरीक्षण

रबिन्द्र प्रजापति, बैशाख २७ गते । रौतहट ।
रौतहटको ब्यपारीक नगरी तथा मध्यभागमा अवस्थित गरुडा नगरपालिकाको नगर प्रमुख कन्थमणी प्रसाद कलवारले शनिबार आर.सी.सी पक्की सडक निर्माणको शिलान्यास गरेका छन ।
नगर प्रकुख कलवारले शनिबार एक समारोहका बिच गरुडा नगरपालिका वडा नम्बर ८ अन्तर्गत बिर्ता हुसेनी चोकदेखि पश्चिमतर्फको नहर छेउको सडक खण्डमा आर.सी.सी पक्की निर्माण कार्यको शिलान्यास गरेका छन ।

नगरवासीको सहज आवागमन, वर्षाको समयमा सडकमा हुने असुविधा न्यूनीकरण तथा दीर्घकालीन पूर्वाधार विकासका लागि उक्त सडक खण्डमा आर.सी.सी पक्की निर्माण कार्यको शिलान्यास गरेका छन । नगरपालिकाबाट रु. २५ लाखको लागतमा निर्माण हुन लागेको गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमणी प्रसाद कलवारले जानकारी दिएका छन ।

नगर प्रकुख कलवारले दिएको जानकारी अनुसार, आर सी सी सडक २५८ फिट लम्बाई, १२ फिट चौडाई र आवश्यक मापदण्ड अनुसारको उचाइमा ढलान गरिने छ । गरुडाका नगर प्रमुद कलवारले आफ्नो नगरमा बिकासको काममा तिब्रता दिएको छ ।

जनताको हकहितमा काम गर्नका लागी नगर प्रमुख कलवारले सधै कदम अगाडिनै चाल्दै आएको स्थानीयहरुले बताएको छ । उक्त स्थानमा हुन लागेको सडक ढलानलाई हेरेर स्थानीयहरुले खुललेर प्रशांसा गरेका छन ।

यसै बिच गरुडा नगरपालिका वडा नम्बर ६ स्थित पोठियाही छठघाटमा निर्माण भइरहेको सूर्य भगवानको मन्दिरको नगर प्रमुख कलवारले निरीक्षण गरेका हुन । वडा अध्यक्ष रामबाबु चौधरी, समाजसेवी छोटेलाल चौधरी र रामस्वागरत यादवको उपस्थितमा मेयर कलवारले निरिक्षण गरेको छ ।

स्थानीय धार्मिक आस्था र सांस्कृतिक पहिचानलाई जगेर्ना गर्ने उद्देश्यले निर्माणाधीन सूर्य भगवानको मन्दिरको प्रगति सन्तोषजनक देखिएको छ । नगरपालिकाको तर्फबाट यस्ता महत्वपूर्ण योजनाहरूमा निरन्तर साथ र सहयोग रहने नगर प्रमुख कलवारले प्रतिबद्धता जनाएको छ ।