कटहरियमा सवारी दुर्घटना, २ जना घाईते, एक जनाको अवस्था गम्भीर

रबिन्द्र प्रजापति, बैशाख २४ गते । रौतहट ।
रौतहटको कटहरियामा तिन वटा मोटरसाइकल एक आपसमा ठोक्किदा दुई जना घाईते भएको छ । कटहरिया गम्हरीया सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाईते भएको ईलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ ।

घाईते हुनेमा जिल्लाको फतुवा बिजयपुर नगरपालिका वडा नम्बर ४ टेंग्रहा बस्ने अं. वर्ष ३५ को जिनीस कुमार साह र ४८ वर्षका अनुठा यादव रहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । गण्ड

दुर्घटनामा परी घाईते भएका दुई जना मध्य एक जनाको अवस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीले जनाएको छ । घाईतेलाई उपचारको लागी वीरगञ्ज स्थित गण्डक होस्पिटलमा पठाईएको डिएसपी कार्कीले जानकारी दिनु भयो ।

सशस्त्र प्रहरीको घुमुवाले चलाई रहेको बा ८४ प ७३८३ नम्बरको मोटरसाइकलले एक जना तस्करले चलाई रहेको ग ४ प ४०७३ नम्बरको मोटरसाइकल र बिआर ३० बि ७९३६ को मोटरसाईकल एक आपसमा ठोक्किएको थियो । दुर्घटना भए पश्चात तस्कर फरार भएको छ ।

स्थानीहरुले कटहरिया गम्हरीया सडक खण्ड अवरुद्ध गरेको छ । प्रहरीको मोटरसाईकलले तस्करलाई लखेटने क्रममा दुर्घटना भएको स्थानियहरुको आरोप छ । प्रहरीलाई देखेपछि तस्करले भागिरहेको अवस्थामा दुर्घटना भएको प्रहरीले दाबी गरेका छन ।

स्थानीहरुले गरेको कुटपिटले सशस्त्र प्रहरीका एक जना प्रहरी घाईते छ । अहिले ईलाका प्रहरी कार्यालय कटहरियाको अवस्था तनावग्रस्त रहेको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।