लागूऔषधसहित रौतहटबाट एक जनालाई पक्राउ

२१ बैसाख । रौतहट ।
रौतहटको चन्द्रपुर नगरपालिका-१० चेतनगरबाट आइतबार प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
मौलापुर नगरपालिका घर भई हाल चेतनगर बजारस्थित मेडिकल पसल खोली बसेका २९ वर्षीय जितेन्द्र साहलाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको हो । साहले मेडिकलमा राखेर खुलेआम प्रतिबन्धित लागूऔषध बिक्री गर्दै आएका थिए ।
इलाका प्रहरी कार्याय चन्द्रनिगाहपुरले यसको जानकारी पाएपछि सुराकी गरेको थियो ।
त्यसपछि सादा पोसाकका प्रहरीले दिउँसो साहको मेडिकल पसलबाट प्रतिबन्धित लागूऔषध ट्रामाडोल ४ हजार ५ सय पिस बरामद गरेको थियो ।
सामानसहित तत्कालै उनलाई पक्राउ गरेको इलाका प्रहरी चन्द्रनिगाहपुरले जानकारी दिएको छ । साहले बागमती, चन्द्रनिगाहपुरलगायतका बजारका युवालाई लागूऔषध बिक्री गर्दै आएको खुलेको छ ।