
राैतहटमा मोटरसाइकल र कार दुर्घटना, बाबु छाेरीकाे गयो ज्यान
रबिन्द्र प्रजापति , बैसाख २१ गते । रौतहट ।
रौतहटमा मोटरसाइकल र कार एक आपसमा ठोकिदा दुर्घटनामा परी बुबा छोरीको मृत्यु भएको छ । जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ स्थित आज बिहान भएको एक सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
मृत्यु हुनेमा गरूडा नगरपालिका-२,गेडही गुठ्ठी निवासी ६० वर्षिय बलिराम सहनी र ४० वर्षीय उनकी छोरी उर्मिला देवी रहेका छन् ।
ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी राजकुमार राईका अनुसार बिहानको समयमा माेटरसाइकिल र कार एक आपसमा ठाेक्किएर दुर्घटना भई उनीहरूकाे मृत्यु भएको बताएका छन् ।
दुर्घटनामा परि सख्त घाइते भएका दुबै जनाकाे उपचारकाे क्रममा मृत्यु भएको उनले बताए । बुवा बलिराम सहनी चन्द्रपुर स्थित हाइवेे ट्रमा सेन्टर र छाेरी उर्मिलाकाे एलएस न्यूराे हस्पिटल बारामा मृत्युु भएको डिएसपी राईले पुष्टि गरेका छन् ।
उनका अनुसार मृतक सहनीले चलाएको ना ३ प ९५१२ नम्बरको मोटरसाइकललाई बा ६ च ३५२६ नम्बरको कारले ठक्कर दिएको थियो ।दुर्घटनापछि कार चालक प्रहरी नियन्त्रणमा रहेको उनले बताए । घटनापश्चात् मुचुल्का उठाउने काम भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यता स्थानीय बासिन्दाहरूले ट्राफिक व्यवस्थापनमा चासो नदिएकोप्रति गुनासो व्यक्त गरेका छन् । राम्रो सँग ट्राफिक व्यवस्थापन हुन नसक्दा यस्ता किसिमको घटनाहरू घटिरहेको सर्वसाधारणकाे गुनासो रहेको छ ।