रौतहटमा नयाँ एसपीको रुपमा गिरी हाजिर

रबिन्द्र प्रजापति, बैसाख १९ गते । रौतहट ।
रौतहटमा नयाँ प्रहरी उपरीक्षक (एसपी)को रुपमा नेत्र मणि गिरी हाजिर भएका छन । एसपी गिरीलाई एक समारोहका बिच जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरीहरुले भब्य स्वागत गरेका हुन । एसपी गिरीले आजै देखि कार्यभार सम्हालेका हुन्।

जिल्ला प्रहरी कार्यालय रौतहटको प्रमुखको जिम्मेवारी आजदेखि प्रहरी उपरीक्षक नेत्र मणि गिरीले सम्हालेका हुन्। जिल्ला प्रहरी कार्यालय गौरमा हाजिर भएसंगै एसपी गिरी आजैदेखि कार्यालय प्रमुखको कार्यभार सम्हालेका हुन्।

तत्कालीन प्रहरी उपरीक्षक दिलीप घिमिरे सरुवा भई काठमाण्डौ गएपछि रौतहटको नयाँ प्रहरी प्रमुखको जिम्मेवारी एसपी गिरीले सम्हालेका हुन्। रौतहट जिल्ला प्रहरी कार्यालय गौरमा हाजिर हुन आएका एसपी गिरीलाई प्रहरीले कर्मचारीहरुले स्वागत गरेका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी कर्मचारीहरु तथा मातहत प्रहरी कार्यालयका प्रमुखहरू लगायत प्रहरी कर्मचारीहरुबाट स्वागत पाएपछि उनी कार्यभार सम्हालेका हुन्