कटहरिया नगरपालिकाको पाँचौ नगरसभा सम्पन्न, ४२ करोड भन्दा बढी बजेट पारित
रौतहट : कटहरिया नगरपालिकाको पाँचौ नगरसभा शुक्रवार सम्पन्न भएको छ । सामाजिक दुरी कायम राख्दै नगरपालिकाको कार्यालय कटहरियाको सभाकक्षमा आयोजित कार्यक्रमका बीच नगरपालिकाको पाँचौ नगरसभा सभ्व एवं भव्याताका साथ सम्पन्न भएको छ ।
सरकारले तोके अनुसार सबै पालिकाले असाढ मसान्तमै नगर परिषद गरिसक्नुपथ्र्यो तर विभिन्न कारणले हुन नसकेको कटहरिया नगरपालिकाको नगरसभा शुक्रवार मात्र सम्पन्न भएको हो । रौतहट निर्वाचन क्षेत्र नं ३ को ख बाट प्रदेशसभा सदस्यमा निर्वाचित प्रदेश सांसद कुन्दन कुश्वाहाको प्रमुख आतिथ्य तथा नगर प्रमुख शियाराम कुश्वाहाको अध्यक्षतामा सम्पन्न भएको नगरसभाले चालु आर्थिक वर्ष २०७७/०७८ मा नगरको समग्र विकासका लागि ४२ करोड भन्दा बढी आयव्यय सहितको बजेट प्रस्तुत गरेको छ ।
चालु आर्थिक वर्षमा नगरको चौतर्फि विकासका लागि कटहरिया नगरपालिकाले आफना पाँचौ नगरसभाबाट ४२ करोड १९ लाख ३८ हजार ४५७ रुपैया बजेट पारित गरेको छ । कार्यक्रममा नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहले चालु आर्थिक वर्षको लागि वित्तिय समानीकरण, शशर्त अनुदान, समपुरक अनुदान, राजस्व बाँडफाँड, आन्तरिक आय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान लगाएतको गरी सो रकम प्रस्तुत गर्नुभएको छ । नगरसभाले नगरभित्रका बिद्युत उपभोक्ताहरुको २० युनिट सम्मको बिद्युत महसुल नगरपालीकाले तिरिदिने निर्णय समेत भएको जनाईएको छ ।
यस वर्ष शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, यातायात, खानेपानी तथा सरसफाइर्, विधुत, भौतिक पुर्वाधार निर्माण कार्य, पर्यटन तथा संस्कृति, लगाएतलाई विशेष प्राथमिकतामा राखेर सो बजेट प्रस्तुत गरिएको निमित प्रमुख प्रशासकीय अधिकृत साहले जानकारी दिनुभयो ।
कार्यक्रममा नगरपालिकाकी उपप्रमुख नुरजहाँ खातुन, विभिन्न वडाका जनप्रतिनिधि, विभिन्न राजनैतिककर्मी लगाएतहरुको सहभागिता रहेको थियो ।