सर्लाही सहितका जिल्लामा किराले मकैको गुभा र पात खाएपछि किसान निन्तीत

सर्लाही सहित तराईका बिभिन्न जिल्लाहरुमा किसानले लगाएको मकै बालीमा किरा लागेपछि किसान चिन्तीत बनेका छन । सर्लाहीको लालबन्दी नगरपालीका १५ र १६ परवानीपुरका किसान किराले मकैको गुभा र पात खाएपछि पिडित बनेका छन ।

समयमा मल नपाएर मारमा परेका किसान जसो तसो हुर्किएको मकैमा किरा लागेपछि झन पिडीत बनेका हुन । त्यस्तै रौतहटको चन्द्रपुर नगरपालिकाका किसानले लगाएको मकै बालीमा पनी त्यस्तै समस्या देखिएको वडा नम्बर ३ गैडाटारका किसान विजय मोक्तानले बताए ।

चन्द्रपुरका अधिकांस किसानहरुले हाइब्रेड जातका मकै बाली लगाएका छन । किराले मकैका गुभासहित पातहरु खान थालेपछि किसानहरुले बिषादी प्रयोग गर्दै आएका छन तर बिषादिले पनी किराको अतिक्रमण रोक्न नसकेको किसानहरु बताउँछन ।

किसानहरुले समयमा मल नपाएको तथा धान बाली, मकै बाली लगाएतका बालीमा बिभिन्न खाले संक्रामक रोग लाग्दा पनी सम्बन्धित निकायले चासो नदिएको भन्दै किसानले चिन्ता ब्यक्त गरेका छन ।

error: Content is protected !!