खेत र करेसाबारीमा जंगली जनावरको आतंकले रौतहटका किसानहरु लगाउन छाडे बाली
प्रकाश श्रेष्ट रौतहट। मंसिर १ गते
रौतहटका किसानहरुले जंगली जनावरको आतंकले गर्दा आफनो खेत र करेसाबारीमा बाली नाली तथा तरकारी बाली लगाउन छोडेका छन ।
जिल्लाको कटहरिया नगरपालिका अन्तरगत पर्ने भषेढवा, झौवा, हर्षाहा,बडेडवा लागएतका गाउहरुमा नजिकै रहेको जंगलबाट आउने गरेको जंगली निलगाई र बदेलले धान लगाएतबका बाली नष्ट गर्न थाले पछि किसानहरु चिन्तित भएका छन।
रातीको समयमा समुह बनाएर जंगलबाट आएका जानवरहरुले किसानको बालीनाली क्षती गर्न थाले पछी सोको डरले अहिले किसानहरुले गहु र नगदेबालीको रुपमा रहेका मसुरा ,मकै लगाउन छाडेका हुन ।
बालीनाली नष्ट गर्ने जंगली जनावरको नियन्त्रणका लागि किसानहरुले सम्बन्धी निकायसँग माग गरेका छन ।