दोस्रो बागमती मेयर कप हुने

सर्लाहीको बागमतीमा दोस्रो बागमती नगरपालिका मेयर कप फूटबल प्रतियोगिता २०७७ आयोजना हुने भएको छ ।

शुक्रवार पत्रकार सम्मेलन मार्फत यहि मंसिर १८ गतेबाट प्रतियोगिता आयोजना हुने आयोजक अन्नपुर्ण सहयोगी क्लव धरहराले जनाएको हो । बागमती नगरपालिका–३ स्थित क्लबको खेल मैदानमा आयोजना हुने प्रतियोगितामा आयोजक क्लवको एक टिम सहित नगरपालिका भित्रका १२ वटा वडाबाट गरी १३ टिमले सहभागिता जनाउने भएका छन् ।

16 Push 077 final

मंसिर ३० गते सम्पन्न हुने प्रतियोगिताको विजेता टोलीले नगद ५१ हजार तथा उप विजेता टिमले नगद २५ हजार सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । नगर क्षेत्रमा रहेका उदियमान खेलाडिहरुलाई खेल क्षेत्रमा अवसर सहित सहभागी गराउने यो प्रतियोगिता कोसेढुंगा साबितहुने कार्यक्रमका प्रमुख अतिथि बागमती नगरपालिका खेलकुद समिति संयोजक एवं वडा नं. २ का वडाध्यक्ष ङेमा लामा (दिपक) ले बताए ।