अस्ताउँदो सूर्यलाई अर्घ दिइ छठ मनाइँदै

रौतहटलगायत सम्पूर्ण मधेसमा आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिँइ छठ पर्व मनाइँदैछ । चारदिनसम्म विभिन्न विधि गरि मनाइने यस पर्वको तेस्रो दिन आज साँझ मधेसको रौतहट,बारा,पर्सा,सर्लाही, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ लगायत मधेसभरिको जलाशयमा अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गर्दै धुमधामका साथ छठ मनाइँदै छ ।
छठ पर्व रौतहटको कटहरिया,गरूडा,गौर,मौलापुर,बंकुल ,समनपुर,फतुवाविजयपुर ,गंगापिपरा लगायत अन्य शहरी एवं ग्रामीण क्षेत्रमा रहेको विभिन्न पोखरी, तलाउ तथा जिल्लाको प्रसिद्ध नदीहरु लाल बकैया, बागमती, अडुवा,झाँज,भकुवा नदि तथा नहरको किनारमा धार्मिक विधिपूर्वक छठ पर्व मनाइँदै छ ।

सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको छ । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ । पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूराहोस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलाशयमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ ।
चारदिनसम्म मनाइने यस पर्वको पहिलो दिन बुधबार व्रतालुहरुले नहाए खाए अर्थात् नुहाएर खाइ जीउ शुद्ध पार्ने काम गरेका थिए । त्यस्तै पर्वको दोस्रो दिन हिजो बिहीबार खर्ना मनाएका थिए । खर्नाका दिन व्रतालुहरू ले दिनभरि उपवास निराहार बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कुल देवताको पूजा गरेका थिए । राति अरवा अरबाइन (बिना नून हालेको) खानेकुरा खाएका थिए ।

16 Push 077 final

त्यस्तै षष्ठीका दिन अर्थात् आज (शुक्रबार) साँझ गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटान पिसान गरी सोबाट निस्केको पिठोबाट बनाइएका विभिन्न गुलियो खाद्य सामग्री ठेकुवा, कसार, खजुरि, पेरुकियाजस्ता पकवान र विभिन्न फलफूल तथा मुला, गाजर, बेसारको नरिवल, सुन्तला, केरा नाङ्लो, कोनिया, सरवा, ढकन, माटोको हाती, ठूलो ढाक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवं लोकगीत गाउँदै निर्धारित जलाशय नजिक बनाएको छठ घाटसम्म पुगिसकेका छन् ।

षष्ठीका दिन आज साँझ व्रतीहरुले सन्ध्याकालीन अर्घका लागि पानीमा पसेर सूर्य अस्ताउन्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षेता फूल हालेर अन्य अर्घ सामग्री पालोपालो सूर्यलाई अर्घ अर्पण गर्नेछन् । त्यस्तै त्यसको भोलिपल्ट अर्थात् भोलि शनिबार एकाबिहानै पुनः छठघाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोहोर्याई शुबहः उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्व सम्पन्न गर्नेछन् । धार्मिक आस्थाका साथसाथै सामाजिक सद्भावको रुपमा समेत विकसित छठ पर्व हिन्दूको सँगसँगै अन्य समुदायले