
कटहरियाका ज्यान मुद्धाको फरार प्रतिवादी पक्राउ
रौतहट कटहरिया नगरपालिकाको वडा नं. १ भसेडवा बस्ने संदिप यादवलाई गत बैशाष ७ गते राती कुटपिट गरी ज्यान मारी फरार रहेका प्रतिवादी प्रहरीले पक्राउ गरेको छ । रौतहटको कटहरिया नगरपालिकाको वडा नम्बर १ मा बस्ने बर्ष ४५ को तेजन दास भन्ने तेजनारायण दास तत्मालाई सोमबार साँझ आफ्नो गाउँमा आएको जन्ती हेर्न घर बाहिर निस्केको अवस्थामा स्थानियले नियन्त्रणमा लिइ कुटपिट समेत गरेका थिए । स्थानियले नियन्त्रणमा लिइ कुटपिट गरी रहेको सुचना प्रहरीले पाउना साथ अस्थायी प्रहरी पोष्ट छेदी चोकबाट खटि गएको प्रहरी टोलीले निज तेजन दास भन्ने तेजनारायण दास तत्मालाई नियन्त्रणमा लिइएको थियो । निज तत्मालाई थप कारवाहीको लागि मंगलबार बिहान सम्मानित रौतहट जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।