लकडाउनमा बन्द नेपाल-भारत सीमा खुलाउन अनिश्चितकालीन धर्ना (फोटोफिचर)
कोरोनाभाइरस संक्रमण रोकथाममा सरकारले बन्द गरेको नेपाल-भारत नाका खोल्न भारतीय नाकामा अनिश्चितकालीन धर्ना सुरु भएको छ ।
नेपाल-भारत खुल्ला सीमा संवाद समुहले भारतीय नाकासँग जोगिएको नेपाल क्षेत्रमा शनिबार अनिश्चितकालीन धर्ना सुरु गरेको हो । कोरोनाभाइरसको संक्रमण रोकथान गर्ने नाममा सरकारले भारतसँग रहेको धार्मिक, सांस्कृतिक र राजनीतिक सम्बन्धमा असर पार्न नाटकीय रुपमा सीमा शीललाई सुनयोजित रुपमा निरन्तरता दिएको भन्दै अनिश्चितकालीन धर्नामा बसेका संवाद समुहका केन्द्रीय संयोजक राजीव झाले जानकारी दिए ।
भारतको जोगबनी र नेपालको विराटनगर नाकाको सिमाना विराटनगर भन्सार ढाट क्षेत्रमा सुरु गरेको धर्नामा विभिन्न दलका अगुवा नेता तथा कार्यकर्ताहरुको सहभागिता छ । स्थानीयले बन्द नाका खोल्न माग गर्दै धर्नामा सहभागिता जनाइरेहका छन् ।
गत ९ महिनादेखि नेपाल–भारत नाका घोषित रूपमा बन्द हुँदा नेपाल–भारतको व्यापार–व्यवसाय मात्र नभएर सामाजिक र सांस्कृतिक सम्बन्धमा असर परेको संयोजक झाले बताए ।
लकडाउनकै कारण धेरैका आफन्त आउजाउ गर्न र वैवाहिक सम्बन्ध कायम गराउन समस्या मात्र नभएर नेकपाको सरकारले सदाको लागि खुल्ला सीमालाई बन्द गर्ने प्रयासमा लागेको उनले बताए ।