भन्सार छलिका कपडासहित रौतहटमा साहु पक्राउ

 रौतहटको सिमा नाकाबाट मंगलबार भन्सार छलि ल्याएको अबैध कपडा प्रहरीले नियन्त्रणमा लिइएको छ । रौतहटको सिमा नाकाहरुबाट हुने भन्सार छली चोरी निकासी र पैठारी कार्यलाई नियन्त्रण गर्ने कार्य अन्तर्गत मंगलबार अन्दाजी ९४,३७०।—बराबरको कपडा बरामत गरेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ । मंगलबार विहान जिल्ला प्रहरी कर्यालय रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले गस्ती गर्ने क्रममा रौतहटको ईशनाथ नगरपालिका वडा नं.४ मठिया औरैयाको बिचमा रहेको ईट्टा भट्टा नजिक ३—४ जना मानिसहरुले टाँउकोमा झोला, बोराहरु बोकी भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल तर्फ भित्र्याउँदै गरेको अवस्थामा प्रहरी गस्ती टोलीलाई देख्ना साथ कपडाहरु छाडी फरार भएको जनाइएको छ । सो तस्करीमा सलग्न रहेका साहु रौतहटको गौर नगरपालिका वडा नं. ७ बस्ने बर्ष ३५ को शेख अब्बदुल सलाम र झोला, बोराहरुमा राखेको कपडाहरु पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । पक्राउ गरेको शेख अब्बदुल सलाम सहित कपडा थप आवश्यक कारवाहीको जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको  प्रहरीले जनाएको