
हिरासत भित्रै मारिएका रामका आरोपित रौतहटका निलम्वित प्रहरी निरिक्षकसहित ३ जना प्रहरी फरार
रौतहटको गरुडामा प्रहरी हिरासतमा यातना दिएर मारेकोे आरोेपमा निलम्वनमा परेका प्रहरी निरिक्षक फरार भएका छन । इलाका प्रहरी कार्यालय गरुडा रौतहटको हिरासतमा रहेको बेला विजय रामलाई यातना दिएर मारेको आरोपमा निलम्बनमा परेका प्रहरी निरीक्षक नविन कुमार सिंह सहित ३ जना प्रहरी विरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ पुर्जी जारी गरेपछि उनीहरु फरार भएका हुन ।
गत साउन ३१ गते राती रौतहटको गरुडा नगरपालिका वडा नम्बर ८ जिगडियाका २० बर्षिय निरञ्जन रामको घाँटी रेटी हत्या गरेको घटनमा अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय गरुडाबाट पक्राउ परेका प्रतिवादी १९ बर्षिय विजय रामलाई प्रहरी हिरासतमा चरम यातना दिएको आरोप लागेको थियो ।
उपचारको क्रममा नेश्नल मेडिकल कलेज विगंजमा भदौं १० गते रामको मृत्यु भएको थियो । दलित अगुवाहरु चरणबद्ध रुपमा आन्दोलन गरेपछि रामसंग सोधपुछ गरेर यातना दिदा संलग्न जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी निरिक्षक नविन कुमार सिंह, प्रहरी हवाल्दार हिरोज मियाँ धुनिया र प्रहरी हवाल्दार मन्नु कुमार सिहलाई निलम्वन गरिएका थिए । तत्कालिन एसपी रवीराज खड्काको कमाण्डमा राम्रो नभएको हुदा उनलाई प्रहरी प्रधान कार्यालयमा तानिएका थिए । गरुडाका डिएसपी ज्ञानकुमार महतोलाई प्रदेश प्रहरी कार्यालय तानेर आवश्यक अनुसन्धान गरिएको थियो ।
निलम्बनमा परेका प्रहरी निरिक्षक सिहलाई गृह मन्त्रालय सचिव स्तरिय भएको निर्णय अनुसार सो घटनाको थप अनुसन्धान तथा जाचबुझ समाप्त नहुञ्जेलसम्म ६ महिना अबधिका लागी निलम्बन गरिएको र प्रहरी हवल्दारद्धय हिरोज मियाँ धुनिया र मन्नुकुमार सिहलाई प्रदेश २ प्रहरी कार्यालय जनकपुरधाम धनुषाले प्रहरी नियमावली २०७१ नियम ११५ को देहाय ४ बमोजिम थप अनुसन्धान तथा जाचबुझ नहुन्जेल सम्मको लागि निलम्बन गरिएको थियो ।
मृतक युवक राम परिवारद्धारा तिनै जना प्रहरी विरुद्ध कत्र्तव्य ज्यान कसुरमा मुद्दा दर्ता गराएको सोही क्रममा प्रहरी निरीक्षक सहित तिनै जना प्रहरी सम्पर्कमा नआउदा यहि मंसिर १७ गते उनीहरुको स्थायी ठेगानामा पक्राउ पुर्जी टाँस गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
फरार रहेका प्रहरी निरीक्षक सिंह र हवलदारद्धय धुनिया, सिंह आफनो स्थायी ठेगानामा नभेटिएको हुँदा सिमापारी भारतमा शरण लिएको हुन सक्ने आशंका रौतहट प्रहरीको एसपी सिद्धिविक्रम शाहले गर्नु भएको छ । भारतमा लुकेर बसेको स्थानको पत्ता लगाई काउण्टर पार्टससंग समन्वय गरी तिनै जनालाई नियन्त्रणमा लिई कानुनी दायरामा चाडै ल्याउने एसपी शाहले प्रतिबद्धता जनाउनु भयो ।