नेपाली कांग्रेस रौतहट क्षेत्र नं.३ को क्षेत्रीय कार्यय समितीको बैठक कटहरियामा संम्पन

नेपाली कांग्रेस रौतहट क्षेत्र नं.३ को क्षेत्रीय कार्यय समितीको बैठक संम्पन भएको छ । हिज जिल्लाको कटहरिया नगरपालिका वडा नं. ५ मा अवस्थीत त्रिशक्ती ईगलीस बोडिङ्क ःस्कुलको प्राङ्गनमा नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का क्षेत्रिय सभापति राम भरोष राय यादवको सभापतित्वमा आ प्रमुख अथिती माननिय पुर्व सांसद जितेन्द्र यादव उर्फ सुनिल यादवको बिषेश उपस्थीतीमा सो कार्यक्रम संम्पन भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको विरोधमा हुने बिरोध प्रदर्शन कार्यक्रमलाई सफल पार्न बैठकमा छलफल भएको छ।
प्रधानमन्त्री ओलीको संसद विघटन गर्ने निर्णय गैरसंवैधानिक, अलोकतान्त्रिक र गणतन्त्रको विरुद्ध रहेकोले संसद विघटन खारेज गर्नुपर्ने माग राख्दै काग्रेसले १३ गते देखि देशभरीनै विरोध प्रदर्शन गर्ने भएका छ ।

16 Push 077 final

बैठकले १३ गते कटहरियामा हुने कांग्रेसको विरोध प्रदर्शनमा अत्याधिक मात्रामा सहभागि हुन क्षेत्र नम्बर ३ अन्तरगतका पार्टीका सम्पुर्ण नेता कार्यकर्ताहरुलाई आह्वान गरेको हो ।
सांसद जितेन्द्र यादवले प्रधानमन्त्री ओलीले संविधानको मुल मर्म विपरीत संसद विघटन गरेर गैरसंवैधानिक र अलोकतान्त्रिक काम गरेको भन्दै यसको विरुद्ध , हुने बिरोध प्रदर्शका लागि सबै संग अनुरोध गरेका हुन ।
साथै अधिनायकवाद कम्युनिष्ट सरकारको अलोकतान्त्रिक कदमको बारेमा आफ्रनो मन्तव्य राख्दै विभिन्न नेता कार्याकर्ताहरु सम्पुर्ण न्याय प्रेमी जन समुदायहरुको उपस्तिथ भई निरङकुश अधिनायकवाद कम्युनिष्ट सरकारकोे बिरोध गर्न र लोकतान्त्रिक सरकार लाई बहिस्कार गर्ने जस्ताको कार्यक्रम सार्वजानिक गरेको हो ।

क्षेत्रीय भेलामा कांग्रेसका क्षेत्रिय उप सभापति प्रकाश श्रेष्ठ , जिल्ला उप सभापति सुनिल यादव, जिल्ला सदस्य बालमिकी यादव,सुमिन्त्रा सापकोटा, कटहरिया नगरपालिकाका नगर सभापति एवम वडा अध्यक्ष सर्फलाल प्रसाद गुप्ता,
वडा नं. ३ का शम्भु यादव, क्षेत्रिय सचिव कुमार चौलागाइर्, जिल्ला सचिव हृदय नरायण यादव,रमेश खरेल , उपेन्द्र यादव , प्रदेश नम्बर २ का बरिष्ट उपा अध्यक्ष राममंगल यादव,जवाहर लाल यादव, देवाही गोनाही नपाकी उप मेयरका प्रत्यासी प्रमिला देवी दास, कटहरिया नपा मेयरका प्रत्यासी अजय प्रकाश यादव

जिल्ला सदस्य अर्जुन यादव, रामअयोध्या राय यादव , राजा बाबु साह लगाएका कांग्रेस पार्टीका बिभिन्न ब्यक्तीहरुको बिषेश उपस्थिीती रहेको सचिवालय सचिव गनिलाल प्रसाद यादवले जानकारी दिनु भयो