माधव र प्रचण्डले देशलाई ध्वस्त पार्न लागेको मन्त्री साहको आरोप
नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सहरी विकास मन्त्री प्रभु साहले माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्डले देशलाई ध्वस्त पार्न लागेको आरोप लगाउनुभएको छ । प्रतिनिधिसभाको निर्वाचनको तयारीमा लाग्नुको सटा आफनै पार्टीका प्रधानमन्त्रीले गरेको निर्णयलाई अस्वीकार गरी माधव र प्रचण्डले देश र पार्टीलाई ध्वस्त पार्न लागेको मन्त्री साहले बताउनुभएको छ ।
पद र कुर्सीको लागि आफ्नै सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याएर नेपाल र प्रचण्डले देशलाई द्धन्द्ध र अस्थिर्ता तर्फ धकेल्ने काम गरेको मन्त्री साहले बताउनुभएको छ । गृह जिल्ला रौतहटको गरुडामा विहिवार आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै शहरी विकास मन्त्री साहले निर्वाचनमा जादा पराजित हुने डरले माधव र प्रचण्ड समुहले अहिले आफनै सरकारको विरुद्धमा आन्दोलनमा उत्रेको बताउनुभएको छ ।
निर्वाचनमा जाँदा पराजित हुने डरले माधव प्रचण्ड समुहले अहिले आन्दोलनको नाटक गरेको उहाँले बताउनुभयो । अगामि बैशाख १७ र २७ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनलाई कसैले चाहेर पनि रोक्न नसक्ने समेत मन्त्री साहले दावी गर्नुभयो । प्रतिनिधिसभाको निर्वाचन तोकिएको मितिमै हुने र निर्वाचनमा भाग लिन राजनैतिक दलहरुले तयारी हुनुपर्ने समेत उहाँले धारणा राख्नुभयो ।
नेकपा प्रदेश २ को अध्यक्ष समेत रहेका मन्त्री साहले असार महिनामा अलग प्रयोजनका लागि गरिएको हस्ताक्षरको दुरुपयोग गरी प्रचण्ड–नेपाल समूहले अविश्वासको प्रस्ताव ल्याएको आरोप लगाउनुभएको छ । नेता साहले देशमा स्थिरता देख्न नसक्ने प्रचण्ड–नेपालले कुर्सीको लालचमा बिनाकुनै कमिटीको निर्णय गरी छलकपट गरेर पार्टी र देशलाई बर्बाद गर्न उद्धत रहेको बताउनुभयो । नेता साहले सगोल कमिटीको नभई प्रचण्ड–माधव समूहले आफ्नो गुटको समेत कुनै बैठक नगरेर प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याएको बताउनुभयो ।
यसैविच कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य एवं पुर्व सांसद बबन सिंह नेकपाको ओली समुहमा प्रवेस गर्नुभएको छ । लामो समयदेखी जसपामा रहेका सिंह विहिवार ओली समुहको नेकपामा प्रवेस गर्नुभएको हो । सिंहलाई मन्त्री साहले टिका र माला लगाएर पार्टी प्रवेस गराउनुभएको छ ।