रौतहटमा प्रतिबन्धित लागु औषध गाँजा सहित १ जना पक्राउ परेका छन ।
रौतहटमा प्रतिबन्धित लागु औषध गाँजा सहित १ जना पक्राउ परेका छन ।
लागु औषध गाँजा सहित रौतहटको माधवनारायण नगरपालिका ९ गढो टोल घर भइ हाल चन्दपुर नगरपालिका ७ सुकुम्वासी टोल बस्ने कैलाश सहनीको २९ वर्षिय छोरा रामविश्वास सहनी पक्राउ परेका छन ।
सहनीलाई जिल्लाको गरुडा नगरपालिका २ गेडही विनगरा सडकखण्डबाट हिजो साँझ अबेर पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख एवं प्रहरी नायव उपरीक्षक डिएसपी रवि रावलको कमाण्डमा खटेको गस्ती टोलीले सहनीलाई अबैध गाँजा सहित पक्राउ गरेको हो ।
उक्त सडकखण्डमा आवत जावत गर्ने मानिस तथा सवारी साधन चेक जाँच गर्ने क्रममा विनगराबाट गेडही तर्फ ना ५६ प २६५५ नम्बरको निलो रंगको अपाचे मोटरसाइकल चढी आउँदै गरेको बेला सहनी पक्राउ परेको डिएसपी रावलले जानकारी दिएका छन ।
चेकजाँचको क्रममा सहनीले पछाडी पठियूमा बोकेको कालो रंगको झोला भित्र लुकाएर राखेको लागु औषध गाँजा जस्तो देखिने पदार्थ ५ किलो फेला परेकोको उनलाई मोटरसाइकल सहित पक्राउ गरिएको गरुडाका डिएसपी रावलले बताउनुभयो ।
गाँजा सहित पक्राउ परेका सहनीलाई रौतहट जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर न्यायीक हिरासतमा राखी अनुसन्धान कार्य भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिनुभयो ।
डिएसपी रावल गरुडा प्रहरीको प्रमुखको कार्यभार सम्हालेदेखी यस क्षेत्रमा चोरी, डकैतीमा कमी आएको छ भने अपराधिक क्रियाकलामा समेत कमी आएको देखिएको छ ।
डिएसपी रावलको सकृयातामा पछिलो समय अपराधिक तथा गलत क्रियाकलापमा संलग्नहरु समेत धमाधम पक्राउ पर्न थालेका छन