विपन्न परिवारलाई सिरक डस्ना बितरण गरेर झाले मनाइन छोराको जन्मदिन
गैर सरकारी संस्था माण्डवीकी प्रमुख अन्जुु झाले आफनो छोराको जन्मदिन गरीब तथा विपन्न परिवारलाई सिरक डस्ना बितरण गरेर मनाउनुभएको छ।
जिल्लाको ईशनाथ नगरपालिका डुमरिया स्थित आफ्नै गाउमा सोमबार एक कार्यक्रमको आयोजना गरेर प्रमुख झाले गरीब तथा विपन्न परिवारलाई न्यानो कपडा बितरण गर्नुभएको हो। पछिलो केहीदिन देखी चलेको सितलहरको कारण खास गरेर गरिब तथा विपन्न परिवार बढी प्रभावित भईरहेको कुरालाई मध्यनजर गरि सिरक डस्ना वितरण गरिएको उँहाले बताउनुभयो।
ईशनाथ नगरपालिकाका दुुईसय ३० परिवारलाई एकथान सिरक र एकथान डस्नाको दरले बितरण गरिएको स्थानिय पत्रकार किशोरी यादवले बताउनुभयो ।होटेलमा पार्टी गरेर हजारौं खर्च गरि जन्मदिन मनाउने पैसाले समाजमा विपन्नको लागी केही गर्न पाउँदा आत्म सन्तुष्टि भएको उँहाले बताउनुभयो।
सो अवसरमा कतिपय दलित विपन्नले आफुले जीवनमा पहिलो पटक एकसाथ सिरक डस्ना प्राप्त गरेको प्रतिकृया दिएका थिए ।