नेपाली समुदायले माघे संक्रान्ति पर्व विशेष रुपमा मनाउदै ।

नेपाली समुदायले माघे संक्रान्ति पर्व विशेष रुपमा मनाउँछन् ।माटो मुनी फलेको बालीको रुपमा तरुल, सखरखण्ड, पिँडालुका साथै चाकु, तिलको लड्डु, खिचडी पनि खाने प्रचलन छ। जाडो मौसममा शरीरलाई धेरै पौष्टिक आहार चाहिने भएकाले माघे संक्रान्तिमा खाइने यी आहारहरुले शरीरलाई आवश्यक शक्ति दिई रोगसँग लड्ने क्षमता समेत बढाउँदछ।

आयुर्वेद चरक संहिता, शिशिर ऋतुचर्या अनुसार यस समयमा शीत वायुको सम्पर्क शरीरसँग हुने हुनाले अग्नि भित्रै रोकिएर तीक्ष्ण हुन जान्छ । त्यसैले यस समयमा गुरु द्रव्य पाचन गर्ने सामर्थ्य शरीरमा रहन्छ र भोजन नपाउँदा रस आदिको क्षय हुन्छ। यस समयका सात्म्य (हित) रसमा स्निग्ध, अम्ल, लवण पर्दछन् भने सात्म्य (हित) आहारमा गोरस, इक्षुविकृति तैल,नयाँ अन्न पर्दछन् ।
धार्मिक कार्यमा समेत पवित्र अन्नका रुपमा चिनिने तिलमा पर्याप्त क्याल्सियम र भिटामीन बी रहन्छ र यसले शरीरलाई उर्जा दिइराख्छ। तिलमा पाईने क्याल्सियमको प्रयोगले हड्डीलाई बलियो बनाउँछ।
सखरखण्डमा कार्बोहाइड्रेड हुने हुनाले शक्तिवर्धक रहन्छ। सखरखण्डमा फाइवर समेत प्रसस्त हुने हुनाले कब्जियतको समस्या पनि कम गर्छ। रक्तचाप नियन्त्रण गर्न भूमिका खेल्ने सखरखण्डले पाचन प्रकियालाई समेत बलियो बनाउँदछ।
जाडोको समयमा पाचन प्रणाली समेत मजबुद पारी राख्न र शरीरमा उर्जा र शक्ति कायम राख्न चाकु उपोयगी रहन्छ। चाकुमा आइरन हुने हुनाले रक्तअल्पताका बिरामीलाई समेत अत्यन्त फलदायी रहन्छ।
खिचडी
जाडोको मौसममा मासको दाल, घिउ र चामल मिसाई खिचडी खानाले शरीरमा गर्मीको मात्रा बढाई तागत दिने काम गर्दछ ।
यसरी माघे संक्रान्ति पर्वमा खाइने आहार, स्वास्थ्यका लागि महत्वपूर्ण मानिन्छन् ।


error: Content is protected !!