रौतहटल प्रहरिले. भन्सार छलिको समाग्री बरामद

जिल्ला प्रहरी रौतहटले भन्सार छलिको समाग्री बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहट मातहतबाट खटिएको प्रहरी गस्ती टोलीले रौतहटको राजदेवी नगरपालिकाको वडा नं. ८ लक्ष्मिपुरमा भारतबाट भन्सार छली चोरी पैठारी गरी झोला र बोराहरुमा नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा सो सामग्री बरामद गरेको हो ।

16 Push 077 final

प्रहरी गस्ती टोलीलाई देख्ने वितिकै झोला र बोराहरु छाडी तस्करीहरु फरार भएको प्रहरीले बताएको छ । प्रहरी गस्ती टोलीले सो झोला र बोराहरु वेवारिसे अवस्थामा फेला पारी हेर्दा अन्दाजी मुल्य एक लाख चौवालीस हजार चार सय साठी रुपैयाँ बराबरको चिनी, कपडा, राउटर, सि.सी. क्यामरा, मोटरसाईकलका विभिन्न पार्टसहरु, कस्मेटिक सरसामानहरु, मोबाईल चार्जर, डाटा केवल लगायतका अन्य मालसमान वेवारिस अवस्थामा फेला पारेको हो ।

थप आवश्यक कारवाहीको लागी आइतबार गौर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।