रौतहट मा अबैध सालको काठ बरामद

रौतहटको चन्द्रपुरबाट अबैध सालको काठ प्रहरीले बरामत गरेको छ । रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नं. १० बलुवा गाउमा सञ्चालनमा रहेको बिश्वनाथ ठाकुरको समिलमा रहेको अवैध सालको काठ प्रहरीले बुधबार बरामत गरेको हो ।

सो मिलमा लुकाई छिपाई राखेको सालका काठ रहेको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयका निमित कार्यालय प्रमुख प्रहरी निरिक्षक राम राजा केशरीको कमाण्डमा र प्रहरी चौकी बिश्रामपुरबाट प्र.स.नि.को कमाण्डमा तथा डिभिजन वन कार्यालय रौतहट चन्द्रनिगाहपुरबाट सयूक्त रुपमा खटिई गएको टोलीले २२.०७ क्यूफिट सालको काठ बरामद गरेको जनाएको छ ।

 त्यसैगरि रौतहट वृन्दावन नगरपालिकाको वडा नं. ३ रामपुर टोलमा बिरेन्द्र ठाकुरको समिलमा छापा मार्दा १९.४८ क्यूफिट अवैध सालको काठ फेला परेको ‘मेत प्रहरीले बताएको छ । सो काठ पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । दुबै स्थानबाट नियन्त्रणमा लिइएको सालको काठ आवश्यक थप कार्वाहीको लागि डिभिजन बन कार्यालय चन्द्रनिगाहपुर रौतहटमा बुझाईएको प्रहरीले जनाएको छ ।
 

error: Content is protected !!