धनुषामा एक जना डिष्टिलरी (मदिरा) इन्डस्ट्रिजका सञ्चालकको हत्या

धनुषामा एक जना डिष्टिलरी (मदिरा) इन्डस्ट्रिजका सञ्चालकको हत्या भएको छ ।

क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरस्थित क्षिरेश्वर डिष्टिलरी इन्डस्ट्रिजका सञ्चालक प्रमोद रेग्मीको हत्या भएको हो । प्रहरीका अनुसार ५१ वर्षीय रेग्मीको शव रक्ताम्य अवस्थामा कम्पनी प्राङ्गणमै रहेको आफ्नै कोठाभित्र फेला परेको हो ।

टाउकोमा गहिरो चोट लागेको र शरीरबाट अत्यधिक रगत बगेको अवस्थामा रेग्मीको शव फेला परेको प्रहरीले जनाएको छ । रेग्मीको शव बुधबार बिहान ९ बजेतिर फेला परेको उनका आफन्त बिनोद पाण्डेले जानकारी दिए ।

रेग्मी उदयपुर जिल्लाको त्रियुगा नगरपालिका-७ चुआरेका बासिन्दा हुन् । उनी मंगलबार बिहान मात्रै घरबाट फर्किएका थिए । साँझ ७ बजेतिर आफ्नो उद्योग आएका उनी साथीभाइसँग बसेर मदिरा समेत सेवन गरेको पाण्डेले बताए । ‘राति १० बजेतिर उहाँले आफ्ना छोराछोरीसँग फोनमा कुरा पनि गर्नुभएको छ’ पाण्डेले भने, “तर बिहान मृत फेला परे ।”

घर परिवारलाई थाहै नदिई प्रहरीले मुचुल्का उठाएर शव परीक्षणका लागि अस्पताल पठाएको उनको भनाइ छ । पछि हामीले थाहा पाएर यहाँ आउादा शव प्रादेशिक अस्पताल जनकपुरधाम पोष्टमार्टमका लागि पुर्‍याइसकिएको उनले बताए 

error: Content is protected !!