रौतहट प्रहरीलाई माथि पैसामागेकोआरोप लगाउने एक ब्यापारी पक्राउ गरेको छ

रौतहट प्रहरीलाई झुटा आरोप लगाउन खोज्ने एक ब्यापारी पक्राउ गरेको छ । रौतहटको परोहा नगरपालिकाको वडा नम्बर २ जिंंगडियाका शेष सेराजुल मियाँले इलाका प्रहरी कार्यालय राजपुरका इन्चार्ज प्र.ना.नि.. विनोद कुमार शाहले गत पुष २९ गते भन्सार छलिकाका ७ ओटा भैसी नियन्त्रणमा लिएपछि ५ हजार रकम फोन मार्फत मागेको र साहले नदिइएकोले नियन्त्रणमा लिइएका भैसी भन्सार बुझाइएको झुट आरोप लगाएका थिए । इलाका प्रहरी कार्यालय राजपुरका इन्चार्ज र ब्यापारीले प्रयोग गरेको मोवाइल फोनको सिडिआर बिश्लेषण गर्दा प्र.ना.नि.बिनोद कुमार यादव र निज व्यापारी शेख सेराजुल मियाँ विच कुनै प्रकारको सम्पर्क नदेखिएकोले निज व्यापारीलाई बुधबार माघ १४ गते प्रहरीले नियन्त्रणमा लिइएको थियो । नियन्त्रणमा लिइ सोधपुछ तथा अनुसन्धान गर्दा निज व्यापारीले भैंसी समातिएको आवेगमा निज प्रनानि माथि झुठा आरोप लगाई सञ्चार माध्यम मार्फत गलत अफवाह फैलाई नेपाल प्रहरीको मान प्रतिष्ठा माथि नै दाग लगाउने कोशिस गरेको भनि स्वीकार गरेको र भविष्यमा कुनै पनि प्रकारको तस्करी गर्ने गराउने छैन र नेपाल प्रहरी र प्रहरी संगठनका कर्मचारीहरुमाथि झुठा आरोप लगाई अफवाह फैलाउने छैन र पुन यस प्रकारको कार्य दोहो¥याएमा कानून बमोजिम सहुला बुझुला भनि जिल्ला प्रहरी कार्यालय रौतहटमा कागज गरेकाले निजलाई विहिबार छाडिएको जिल्ला प्रहर िकार्यालय रौतहटले जनाएको छ ।

error: Content is protected !!