रौतहटको चन्द्रपुर नगरपालिका मा जेष्ठ नागरिकहरुलाई सम्मान

रौतहटको चन्द्रपुर नगरपालिकाको वडानम्बर ४ भित्र बसोबास गर्दै आएका ८० बर्ष माथिका जेष्ठ नागरिक लाई आज एक कार्यक्रमको बीच सम्मान गरिएको छ ।

चन्द्रपुुरको वडानम्बर ५ स्थित कभर्डहलमा राखिएको जेष्ठ नागरिक सम्मान कार्यक्रममा चन्द्रपुर नगरपालिकाका प्रमुख राम चन्द्र चौधरीको प्रमुख आतिथ्यमा उहाहरु लाई सम्मान गरिएको हो ।

सम्मान कार्यक्रम लाई सम्बोधन गर्दै नगरप्रमुख रामचन्द्र चौधरीले नगरभित्रका जेष्ठ नागरिक लाई सम्मान मात्रै उहाहरु सुखमय भएको हेर्ने चाहना आफनो रहेको बताउन् भयो । नगरप्रमुख चौधरीले वडाले जेष्ठ नागरीक लाई गरेको सम्मानले नगरपालिका र जेष्ठ नागरीक बिच को सम्बन्ध लाई अझै जोड्ने बताउनु भयो ।

यो उपहार र सम्मानको मूल्यमा भन्दा पनि भावना जोड्नु रहेको बताउनु भयो । यस्तै उपप्रमुख रामरती चौधरीले जेष्ठ नागरिक लाई राज्यले समेत सम्मान गर्दै आएको बताउनु भयो । कार्यक्रममा चन्द्रपुर ४ का वडा सदस्य प्रेमा तिमल्सिना, कार्यापालिका सदस्य काजीमान माझी, दुर्गा माध्यमिक बिद्यालय ठाडाटोलका अध्यक्ष कृष्ण तिमल्सिना, संचारकर्मी संजय कार्की, फणि महत लगाएतको उपस्थिती रहेको थियो ।

८० बर्ष माथिका करीव ५० जना जेष्ठ नागरीकहरु लाई , ब्ल्याङकेट, दोसल्ला र हर्लिक्स दिएर सम्मान गरिएको वडा अध्यक्ष अमर बहादुर आलेले बताउनु भयो । चन्द्रपुर ४का वडा अध्यक्ष आलेले कार्यक्रम गर्नुको उदेश्य जेष्ठ नागरीक को सम्मान भएमा समाजमा बृद्धाबृद्धाहरुको सम्मान गर्नु पर्छ भन्ने भावना जगाउन कार्यक्रम गरिएको बताए ।

जेष्ठ नागरिक समाजको ईतिहास समेत भएका ले पनि सम्मान गरिएको उहाले बताउनु भयो । कार्यक्रम चन्द्रपुर नगरपालिकाका रोजगार शाखाका शान्ता तिमल्सिनाले संचालन गर्नु भएको थियो वडासदस्य प्रेमा तिमल्सिनाले स्वागत मन्तब्य राख्नु भएको थियो । महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका चन्द्रकला बरालले कार्यक्रमले जेष्ठ नागरिक लाई सम्मान गरेको भन्दै र्कार्यक्रमको सफलताको शुभकामना दिनु भएको थियो । 

error: Content is protected !!