रौतहट गरुडामा बेवारिसे सैलुनका सामग्री प्रहरीले भन्सार बुझायो

रौतहट गरुडामा बेवारिसे सैलुनका सामग्री प्रहरीले भन्सार पठाइएको छ । गरुडा नगरपालिकाको वडा नं. ४ गरुडा मेथुर चौक स्थित सडकको पश्चिम किनारमा प्लाष्टिकको ३÷४ वटा बोरामा भारतबाट भन्सार छली चोरी पठारी गरी ल्याएको अन्दाजी. ४९,१९०।– बराबरको १ वटा बोरामा सैलुन पसलका समानहरु र २ वटा बोरामा कपडाहरु बेवारीसे अवस्थामा प्रहरीले फेला परेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
सो सैलुन पसलका समानहरु र कपडाह कसको हो भनि स्थानिय मानिसहरु संग सोधपुछ गर्दा कोही कसैले आफ््नोे भनि दाबी गर्न नआएकोले उक्त सामानहरुलाई बरामद गरी थप कारवाहीका लागी भन्सार पठाईएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

error: Content is protected !!